३१ भदौ २०८३, बुधबार | September 16, 2026

देशको पहिचान नै मुख्य पहिचान हो : पूर्वप्रधानमन्त्री नेपाल



कैलाली । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको पहिचानलाई जोगाउन समाजका सबै वर्ग लाग्नुपर्ने बताएका छन् । कैलालीको टीकापुरमा आजबाट सुरु भएको नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा उनले देशको पहिचान जोगाउन सबैले लाग्नुपर्ने बताएका हुन् ।

“आज यो वा त्यो भनेर पहिचानका ‘एजेण्डा’ बाहिर आउन थालेका छन् । त्यसले सिङ्गो देशको पहिचानलाई सङ्कटमा पुर्याउन सक्छ”, पूर्वप्रधानमन्त्री नेपालले भने, “हामीले जात, धर्मको नाममा पहिचान खोज्नुभन्दा सिङ्गो देशको पहिचानलाई समेट्दै देशको समृद्धिका निम्ति लाग्नु अहिलेको आवश्यकता हो ।”

अध्यक्ष नेपालले गणतन्त्रका विरुद्धमा केही संयन्त्र लागेका बताउँदै देशको वर्तमान व्यवस्थालाई कसैले फेरबदल गर्न नसक्ने उल्लेख गरे । “दलीय व्यवस्थाभन्दा निरङ्कुश एकदलीय व्यवस्था कदापि राम्रो हुन सक्दैन । विगतमा त्यहीँ व्यवस्था ढाल्नका लागि त्यत्रो आन्दोलन गर्नुपर्यो, बरु कुनै पार्टी ठीक नहोलान्, कुनै नेता ठीक नहोलान्, तर तिनको विकल्प अर्को पार्टी र अर्को नेता हुनसक्छ निरंकुश एकदलीय व्यवस्था हुन सक्दैन”, उनले भने ।

विगतमा अधिकारका लागि भएका अप्रिय घटनाले ठूलो क्षति पुर्याएको बताउँदै अध्यक्ष नेपालले आगामी दिनमा त्यस्ता घटना हुन नदिनेतर्फ सधैँ सचते हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहिबार  ४ : २४ बजे

सर्वदलीय बैठक : संसद भित्र र बाहिर छुट्टाछुट्टै उच्चस्तरीय सर्वदलीय संयन्त्र बनाउने निर्णय

काठमाडौं । सर्वदलीय बैठकले उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन

सार्वजनिक यात्रुवाहक सवारीसाधनको दर्ता खुला

काठमाडौँ । यातायात व्यवस्था विभागले सार्वजनिक यात्रुवाहक सवारीसाधनको निश्चित सीमा

लुम्बिनीका नवनियुक्त प्रमुख सचिव कुँवरले सम्हाले जिम्मेवारी

दाङ । लुम्बिनी प्रदेशमा पदस्थापन हुनुभएका प्रमुख सचिव विनोदबहादुर कुँवरले

निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले रु ६०