१६ बैशाख २०८१, आइतबार | April 28, 2024

देशको पहिचान नै मुख्य पहिचान हो : पूर्वप्रधानमन्त्री नेपाल



कैलाली । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको पहिचानलाई जोगाउन समाजका सबै वर्ग लाग्नुपर्ने बताएका छन् । कैलालीको टीकापुरमा आजबाट सुरु भएको नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा उनले देशको पहिचान जोगाउन सबैले लाग्नुपर्ने बताएका हुन् ।

“आज यो वा त्यो भनेर पहिचानका ‘एजेण्डा’ बाहिर आउन थालेका छन् । त्यसले सिङ्गो देशको पहिचानलाई सङ्कटमा पुर्याउन सक्छ”, पूर्वप्रधानमन्त्री नेपालले भने, “हामीले जात, धर्मको नाममा पहिचान खोज्नुभन्दा सिङ्गो देशको पहिचानलाई समेट्दै देशको समृद्धिका निम्ति लाग्नु अहिलेको आवश्यकता हो ।”

अध्यक्ष नेपालले गणतन्त्रका विरुद्धमा केही संयन्त्र लागेका बताउँदै देशको वर्तमान व्यवस्थालाई कसैले फेरबदल गर्न नसक्ने उल्लेख गरे । “दलीय व्यवस्थाभन्दा निरङ्कुश एकदलीय व्यवस्था कदापि राम्रो हुन सक्दैन । विगतमा त्यहीँ व्यवस्था ढाल्नका लागि त्यत्रो आन्दोलन गर्नुपर्यो, बरु कुनै पार्टी ठीक नहोलान्, कुनै नेता ठीक नहोलान्, तर तिनको विकल्प अर्को पार्टी र अर्को नेता हुनसक्छ निरंकुश एकदलीय व्यवस्था हुन सक्दैन”, उनले भने ।

विगतमा अधिकारका लागि भएका अप्रिय घटनाले ठूलो क्षति पुर्याएको बताउँदै अध्यक्ष नेपालले आगामी दिनमा त्यस्ता घटना हुन नदिनेतर्फ सधैँ सचते हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहिबार  ४ : २४ बजे

बझाङमा मतगणना सुरू

बझाङ । बझाङमा मतगणना सुरू भएको छ । बझाङको छबिसपाथिभरा

वेस्ट इन्डिज ए द्वारा नेपाललाई १६१ रनको लक्ष्य प्रस्तुत

काठमाडौं। वेस्ट इन्डिज एले नेपाललाई १६१ रनको लक्ष दिएको छ

नेपाललाई पाँचौं सफलता, सोमपालले लिए विकेट

काठमाडौं। वेस्ट इन्डिज ए विरुद्ध नेपालले पाँचौं सफलता हासिल गरेको

काठमाडौं महानगरका अस्पतालमा देशैभरका विपन्न र असहाय बिरामीले नि:शुल्क उपचार पाउने

नेपालगन्ज । काठमाडौं महानगरले देशैभरका अशक्त र गरिब बिरामीलाई नि:शुल्क

नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री

काठमाडौँ, १६ वैशाख स् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका