१२ श्रावण २०८३, मंगलबार | July 29, 2026

नीति र सिद्धान्त विपरित चल्दा सहकारी जोखिममा



बुटवल । सहकारीहरु नीति र सिद्धान्त अनुसार संचालन हुन नसक्दा जोखिममा पर्ने गरेको सहकारी अभियन्ताहरुले बताएका छन् । सहकारी सिद्धान्त, मुल्य मान्यतलाई अवलम्वन नगरी संचालन भएका सहकारीहरु बढिमात्रामा जोखिममा पर्ने गरेको उल्लेख गर्दै सहकारी शिक्षाको ज्ञानले नै भविष्यमा हुने सहकारी दुर्घटनालाई जोगाउन सक्ने बताएका थिए ।

बुटवल-८ धर्मपथमा रहेको इन्द्रेणी बहुउद्देश्य सहकारी संस्थाको संयुक्त बैठकमा सहभागि सहकारीकर्मीहरुले कुनैपनि सहकारीका सदस्यहरुले सहकारी शिक्षाका बारेमा जानकारी लिन अतिनै आवश्यक रहेको बताएका हुन् ।

इन्द्रेणी सहकारीका अध्यक्ष धुर्वकुमार धितालको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका संरक्षक भुपाल कुमार श्रेष्ठ, सल्लाहकार एजाज आलम, डम्बरदेव अर्याल, दिलबहादुर थापा, पुर्व अध्यक्ष शिललाल राना, निर्वतमान अध्यक्ष मित्रबहादुर शाक्य, उपाध्यक्ष कृष्णप्रसाद अर्याल, लेखा सुपरिवेक्षण संयोजक मोहनप्रसाद भण्डारी लगायतले बोल्दै सहकारीलाई नीति र सिद्धान्त अनुसार संचालन गर्नु पर्ने अहिलेको आवश्यकता भएको बताए ।

सहकारीका सचिव माया गौतमको संचालनमा भएको कार्यक्रममा कोषाध्यक्ष नरबहादुर श्रीसले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको ६१ करोड कुलपुँजी, १० करोड ५० लाख शेयर पुँजी, ४१ करोड बचत र ४८ करोड कुल कर्जा रहेको बताए । दुई हजार एक सय शेयर सदस्य रहेको सहकारीले उत्पादनमुलक सदस्यको जीवनस्तर उकास्ने खालका कार्यक्रम गर्ने योजना बनाएको र आउने पुसमा वार्षिक साधारण सभा मनाउने भएको ब्यवस्थापक बाबुराम अर्यालले जानकारी दिए ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहिबार  ८ : २२ बजे

दुबईबाट स्वदेश फर्कदै गर्दा फरार प्रतिवादी विमानस्थलबाटै पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दुबईबाट स्वदेश फर्कदै

सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

सुनसरी घटना : शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

कर्णाली प्रदेशको पाँचौ मुख्यमन्त्रीमा मंगल शाही नियुक्त

सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा