४ पुस २०८२, शुक्रबार | December 19, 2025

प्युठानको भृङ्गी-स्वर्गद्वारी सडक खण्डमा ट्याक्टर दुर्घटना, ७ जनाको घटनास्थलमै मृत्यु



प्युठान । प्युठानको भृङ्गी स्वर्गद्वारी सडकमा ट्याक्टर दुर्घटना हुँदा ७ जनाको ज्यान गएको छ ।

भृङ्गी-स्वर्गद्वारी मोटरवाटो स्तरउन्नति गर्ने ओसिस कन्ट«क्सन अन्तर्गत बाटोमा कामगर्ने रोल्पा रुन्टिगढिका ७ जना मजदुरको ट्याक्टर दुर्घटनामा मुत्यु भएको हो ।

४ गते अन्दाजी मध्यराती बजे प्युठान स्वर्गद्वारी नगरपालिका ३ रुमाले स्थित भिंगृ-स्वर्गद्वारी सडक खण्डमा लु २ त ४२३४ नम्बरको ट्याक्टर सडक देखी करिव ५०० मिटर तल खस्दा चालक सहित ७ जनाको घटनटस्थलमा मृत्यु भएको प्रदेश ५ प्रहरी कार्यालयले पुष्टि गरेको छ ।

स्वर्गद्वारी धरमपानि नजिक गएराति भएको ट्याक्टर दुर्घटनामा ७ जनाको घटना स्थलमै मृत्यु भएको र १ जनाको स्थानीयले सकुशल उद्दार गरेको प्रहरीले जनाएको छ ।

रातभर बर्षाका कारण उद्दार गर्न नसकिएकोमा अहिले नेपाल प्रहरी , नेपाली सेना र स्थानियले घटनास्थलबाट शव जम्मा गर्ने कार्य सुरु गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्त बरिष्ठ प्रहरी उपरिक्षक राजकुमार बैदवारले बताए । घटनास्थलमा प्रहरी नायव उपरिक्षकको कमाण्डमा उद्दार कार्यमा प्रहरी परिचालन भएको उनले बताए ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ८ : १४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको