१ आश्विन २०८३, बिहिबार | September 17, 2026

बुटवलको दीप बोर्डिङमा कक्षा ९ को कम्प्युटर विषयको परीक्षा पेपरलेस



बुटवल । रुपन्देहीको बुटवलमा रहेको दीप बोर्डिङ हाई स्कुलले प्रविधिमैत्री परीक्षाको प्रयोग गरेको छ । विद्यालयले दोस्रो त्रैमासिक परीक्षा अन्तर्गत कक्षा ९ का विद्यार्थीको कम्प्युटर विषयको परीक्षा पेपरलेस अर्थात निश्चित समयभित्र शिक्षकको निगरानीमा विद्यार्थीलाई कम्प्युटरमै प्रश्नको उत्तर दिन लगाई प्रविधिमैत्री परीक्षा सञ्चालन गरेको हो ।

प्रविधिमैत्री परीक्षामा विद्यार्थीलाई वस्तुगत र विषयगत गरी दुई प्रकारका प्रश्न सोधिएको थियो । विद्यालयले परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन परीक्षा हलमा सुपेरीवेक्षकसहित सिसी क्यामेराबाट निगरानी गरेको थियो । विद्यार्थीलाई व्यवहारिक र वास्तविक प्रविधिमैत्री बनाउन पेपरलेस अर्थात् उत्तर पुस्तिका बिना प्रविधिमैत्री परीक्षा सञ्चालन गरिएको विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले बताए । प्रविधिमैत्री परीक्षालाई व्यवस्थित गरी अन्य विषयहरुको पनि प्रविधिमैत्री परीक्षा गरिने प्राचार्य न्यौपानले बताए ।

सधै कापीका पानामा परीक्षा दिइरहेको अवस्थामा कम्प्युटरमै टाइप गरेर परीक्षा दिन पाउंदा नौलो नयां अनुभूति भएको विद्यार्थीहरु बताए ।परीक्षालाई प्रविधिमैत्री तरिकाले सञ्चालन गर्न पाउंदा नयाँ उत्साह थपिएको विद्यालयका कम्प्युटर विषय प्रमुख एकराज गुरागाईंले बताए ।

परीक्षामा कक्षा ९ का १ सय ५० जना विद्यार्थीको सहभागीता रहेको शिक्षक पुरुषोतम पाण्डेले जानकारी गराए ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  ५ : ५० बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा होटल पौवाको ११ लाख सहयोग

चितवन । होटल पौवाले देशमा परेको विपद्का कारण प्रभावित नागरिकको

बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकको

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा

बाँकेबाट लागूऔषधसहित पक्राउ

नेपालगन्ज । प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९