६ पुस २०८२, आइतबार | December 21, 2025

बुटवलको योगिकुटीस्थित देवस्थल मन्दिरमा दुर्गा भवानीको मूर्ति प्रतिष्ठापन



बुटवल । बुटवल-११ योगिकुटीमा अवस्थित देवस्थल मन्दिर परिसरमा शनिबार दुर्गा भवानीको अष्टधातुद्वारा निर्मित मूर्ति प्रतिष्थापन गरिएको छ । देवस्थल मन्दिर विकास समितिको आयोजनामा जारी श्रमद् देवी भागवत नवाह ज्ञान महायज्ञको अवसरमा बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेय तथा महायज्ञका प्रमुख बाचक बालव्यास पण्डित इन्द्रप्रसाद शास्त्रीले मूर्ति तथा दुर्गा मन्दिरको उद्घाटन गरेका छन् । अशोज २८ गतेदेखि कार्तिक ६ गतेसम्म महायज्ञको सञ्चालन गरिएको छ ।

बुटवल उपमहानगरपालिकाको १९ लाख तथा लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्व मुख्यमन्त्री लिला गिरीद्वारा संसदीय विकास समितिबाट विनियोजित १० लाख रकमसहित कूल ७० लाखमा मन्दिर निर्माण गरी मूर्ति प्रतिष्ठापन गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अशोक गुरुङले जानकारी दिए । वि.स. २०१७ सालअघिदेखि पूजाआजा गरिँदै आएको देविस्थल मन्दिरमा हरेक वर्षको नवरात्रमा विभिन्न विधिपूर्वक पूजाआजा गरिनुका साथै हरेक दिन पूजारीबाट आराधनाको काम हुँदै आएको गुरुङले बताए ।

मन्दिर निर्माण तथा मूर्ति प्रतिष्थापनका लागि मन्दिरको आन्तरिक श्रोत तथा महायज्ञबाट रकम संकलन गरिएको निर्माण समितिका संयोजक हरिप्रसाद घिमिरेले जानकारी दिए । शिलान्यास भएको एक वर्षमा मन्दिर निर्माण गरी शनिबार नवरात्रको छैटौं दिनको अवसरमा विशेष पूजासहित मूर्ति प्रतिष्थापन र मन्दिर उद्घाटन गर्न सफल भएको उनले बताए । धार्मिक महत्वलाई कायम राख्दै म्यागोडा शैलीमा मन्दिर निर्माण गरिएको व्यवस्थापक महेश पौडेलले जानकारी दिए ।

मन्दिरको उद्घाटन तथा पूर्ति प्रतिष्थापनपछि बोल्दै बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले नगर भित्रका धार्मिक तथा ऐतिहासिक स्थलहरुको संरक्षणका लागि आवयश्यक पहल गरिने बताए । त्यस्था स्थलहरु राज्यको सम्पत्ति भएका कारण यसको संरक्षण, व्यवस्थापन र सञ्चालनमा स्थानीयका भूमिका महत्वपूर्ण रहने उल्लेख गरे । यसैगरी बुटवल उपमहानगर-११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले मन्दिरको स्थापनासँगै यसको व्यवस्थापनमा ध्यान दिन आग्रह गरे । मन्दिर बिकास समितिका वरिष्ठ उपाध्यक्ष पुष्पा शर्माको स्वागत तथा सचिव कमल नेपालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  ६ : १९ बजे

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)