१५ भदौ २०८३, सोमबार | September 1, 2026

कालिका मन्दिरमा आठ दिनमा पाँच लाख धार्मिक पर्यटक



बागलुङ । गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका मन्दिरमामा वडादसैँको अवसरमा भक्तजनको भीड लागेको छ । कालिका मन्दिरमा असोजको दसैँ र चैते दसैँमा बढी भीड देख्न सकिन्छ ।

घटस्थापनादेखि आजसम्म पाँच लाखभन्दा बढी भक्तजन दर्शनका लागि कालिका मन्दिरमा आएको बागलुङ कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए । गत वर्षको दसैँमा चार लाख पर्यटक आएको उनले बताए ।

मुस्ताङ भ्रमणका लागि हिँडेका स्वदेशी तथा विदेशी पर्यटक समेत कालिका मन्दिरमा आउन थालेपछि धार्मिक पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो । अध्यक्ष खड्काका अनुसार विगतको तुलनामा यसपटकको दसैँमा भक्तजनको सङ्ख्या बढेको छ भने बलीको सङ्ख्या भने घटेको छ । कालिका मन्दिरमा राँगो, बोको र कुखुराको बली दिने गरिन्छ । परेवाको बली निषेध गरिएको छ ।

दसैँको फूलपातीदेखि कालिका मन्दिरको पार्किङमा सवारी नअटेपछि वैकल्पिक पार्किङको व्यवस्थापन गरिएको छ । हाल कालिका मन्दिरको पार्किङमा दुई पाङ्ग्रे सवारी र वैकल्पिक पार्किङ व्यवस्थापन गरिएको रामरेखा सामुदायिक वन कार्यालयको प्राङ्गणमा चार पाङ्ग्रे सवारीसाधन पार्किङको व्यवस्था मिलाइएको छ ।

मन्दिरमा बागलुङसहित छिमेकी जिल्लाहरु म्याग्दी, मुस्ताङ, पर्वत, चितवन, बुटवल, काठमाडौँ, स्याङ्जा, पोखरालगायतका स्थानबाट मानिसहरु दर्शनका लागि आउनेगरेको अध्यक्ष खड्काको भनाइ छ । पाँच सय वर्ष पुरानो कालिका मन्दिरमा पछिल्लो समय थपिएका पूर्वाधार, प्रचारप्रसार र चुस्त व्यवस्थापनका काराण धार्मिक पर्यटक बढेको खड्काको दाबी छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८०, आइतबार  २ : ३९ बजे

मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने निर्णय

मियामी । अर्जेन्टिना राष्ट्रिय टोलीका कप्तान तथा जादुमयी फुटबल खेलाडी

लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग

दाङ । लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूले आधा महिना बराबरको पारिश्रमिकबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

‘दौडिन्छिन् हजुरआमा’ स्थगित

नेपालगन्ज । नेपालगन्जमा भदौ २१ गते आयोजना गर्ने तयारी गरिएको

हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सरकार बाढी प्रभावितहरुको खोज, उद्धार,