२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

मन्दिरको पाँच लाख ५५ हजार भेटी बाढीपीडितलाई



बागलुङ । बागलुङ कालिका भगवती मन्दिरले रु पाँच लाख ५५ हजार भेठी सङ्कलन भएको रकम भोटेकोशी बाढीपीडितलाई सहयोग गरेको छ । मन्दिरमा भक्तजनहरुले चढाएको भेटी रकम मध्यबाट बाढी पीडितलाई राहत सहयोग गर्ने निर्णय गरिएको हो ।

कालिका भगवती गुठी व्यवस्थापन समितिको आज बसेको बैठकले भोटेकोशी बाढीपीडितको उद्धार र राहतका लागि मन्दिरको भेटीबापत सङ्कलित रकमबाट सहयोग गर्ने निर्णय गरेको समितिका अध्यक्ष रामबहादुर खड्काले जानकारी दिए ।

बाढीपीडितको उद्धार र राहतमा मन्दिरमा सङ्कलन भएको भेटीको रकमबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सहयोग गर्ने निर्णयअनुसार कोषमा रकम जम्मा गरिने उनले बताए । कालिका भगवती मन्दिर गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठमध्येको प्रमुख हो । मन्दिरमा वार्षिक रूपमा १० लाख भक्तजन आउने र करोडौँ भेटी सङ्कलन हुँदै आएको छ । विसं १५९१ मा स्थापना भएको यो मन्दिरमा मङ्गलबार र शनिबार विशेष पूजा हुने गर्दछ ।

प्रकाशित मिति : १६ भदौ २०८३, मंगलबार  ९ : ४७ बजे

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले एउटै परिवारका दुई

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ६ प्रतिशत

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य

नेप्से परिसूचक २७ दशमलव ९४ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज