२१ मंसिर २०८२, आइतबार | December 7, 2025

पाल्पाको रानीमहल नजिकै जीप दुर्घटना, ६ जनाको मृत्यु



बुटवल । पाल्पाको रानीमहल दरबार नजिकै जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । बाग्मती प्रदेशको ७२०९ नं जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार दुर्घटनामा परि जीप चालक गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा मृत्युहुनेहरुमा तीन महिला, दुई बालक र एक पुरुष रहेका छन् ।

सो जीप पाल्पाको बैकुन्ठे पहाडबाट तल बराङ्गदी खोलामा खसेको हो । पर्यटकीय स्थल रानीघाट दरबार नजिकै बैकुण्ठे भीरबाट जीप खोँचमा खसेका कारण उद्दारमा समस्या आएको प्रहरीको भनाई छ । अहिले घटनास्थलमा नेपाली सेना र प्रहरीको टोली उद्धार खटिएको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ । दुर्घटनास्थल सदरमुकाम तानसेनदेखि ११ किलोमिटर टाढा पर्छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८०, आइतबार  ६ : २० बजे

किशोर किशोरी डिजिटल पार्क सञ्चालन गर्दै बागमती प्रदेश स्वास्थ्य मन्त्रालय

भक्तपुर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सुरक्षित व्यवहार

सुनको मूल्य तोलामा दुई लाख ५२ हजार २०० कायम

काठमाडौं । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

गृहजिल्लामा जनार्दन शर्मा विरुद्ध कालोझण्डा प्रदर्शन

काठमाडौं । पूर्वमाओवादी नेता जनार्दन शर्मालाई गृहजिल्ला रुकुम पश्चिममा उनका

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

प्रतिनिधि छनौटमा पाखुरा सुर्किएको भन्दै गोकुल बास्कोटा भन्छन् – ‘घातक संस्कार हुर्कन दिन हुँदैन’

काठमाडौं । नेकपा एमालेको महाधिवेशनअघिको प्रतिनिधि छनौट प्रक्रिया देशका विभिन्न