१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

बाँके प्रशासनबाट दुर्गा मुर्ती विसर्जनकालागि समयसिमा निर्धारण

र्‍यालीलाई ड्रोन सहितको उपकरणबाट सुरक्षा दिइने



नेपालगन्ज । बाँके प्रशासनले बडादसैंका अर्कोदिन दुर्गा मुर्ती विसर्जनका लागि समयसिमा निर्धाण गरेको छ । जिल्लामा शान्ति सुरक्षा कायम राख्न भन्दै प्रशासनले मुर्ती विसर्जनको समयसिमा निर्धारण गरेको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेललले एक सूचना जारी गर्दै मुर्ती विसर्जन अघि दुर्गा भवानीको पूजा स्थलमा दिनको १२ः०० बजे अघि नै पूजन कार्य समापन गर्न आग्रह गरेका छन् । सूचनामा बिधिपूर्वक पूजाअर्चना सकेपश्चात स्थानीय प्रहरी ईकाईसंग समन्वय गरि विसर्जनस्थल तर्फ प्रस्थान गर्ने व्यवस्था गर्न भनिएको छ ।

प्रजिअ पोखरेलले जारी गरेको सूचनामा दुर्गा भवानीको मुर्ती विसर्जन र्‍याली अत्यन्तै मर्यादित , अनुशासित ,शान्त एवं शौम्य तुल्याउनु अनुरोध गर्दै सांझ ५ः०० बजे अघि नै मुर्ती विसर्जन कार्य सम्पन्न गर्न आग्रह गरिएको छ । समयसिमाले ट्राफिक ब्यवस्थापन तथा प्रभावकारी शान्ति सुरक्षा कायम गर्न र भक्तजनहरुलाई समेत उज्यालोमा नै घाटसम्म पुग्न र घर फर्कन सहज हुने उल्लेख गरिएको छ ।

प्रजिअ पोखरेलले साँझ ५ः०० बजे अघि नै मुर्ती बिसर्जन हुने बातावरण निर्माण गरिदिन सै दुर्गापूजा समिति तथा भक्तजनहरुलाई आग्रह गरेका छन् । प्रशासनले साविकदेखि नै प्रयोगमा आइरहेको र्‍याली मार्गमा भने कुनै परिवर्तन नगरिएको सूचनामा उल्लेख छ ।

बिसर्जन र्‍यालीमा घुसपैठ वा अवान्छित गतिबिधि निस्तेज पार्न र र्‍यालीलाई शान्त र सौहार्द्वपूर्ण वातावरणमा सम्पन्न गर्न ड्रोन र अन्य उपकरणबाट समेत निगरानी हुने तथा ताजा तस्विर क्याप्चर गरि अवलोकन गरिने पोखरे्लले जनाएका छन् ।

उनले कानून बिपरितका गतिबिधिमा संलग्न जो कोहीलाई ड्रोन, अन्य उपकरणबाट लिइएको तस्विर/भिडिओको आधारमा समेत प्रचलित कानून बमोजिम कडा कारवाही गरिने हुँदा र्‍यालीमा सहभागी सवै भक्तजनहरुले निस्चिन्त भइ मर्यादित ढंगबाट मुर्ती विसर्जन अनुष्ठान सम्पन्न गर्न अनुरोध समेत गरेका छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०८०, सोमबार  ९ : १८ बजे

गत आर्थिक वर्षमा बजेट खर्च ८० प्रतिशत मात्र, राजस्व असुली ८३ प्रतिशत

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा सरकारको आम्दानी र

सुनको मूल्य प्रतितोला तीन हजार १०० ले घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

श्रीलंकामा प्रचण्डद्वारा समाजवादको राजनीतिक रूपरेखा प्रस्तुत

कोलम्बो । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

प्रधानमन्त्री शाहले आज जुत्ता व्यवसायीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले विभिन्न पेसा र व्यावसायिका संस्था

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग

काठमाडौं । अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ लाई