३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

वैशाखी टेकेर कपाल काट्दै जीविका चलाउँछन् बुद्ध स् उपचार गर्न आर्थिक अभाव



झापा । बुद्धशान्ति गाउँपालिका– ६ का बुद्ध तामाङलाई १७ वर्षअघि २३ वर्षे तन्नेरी उमेरमै हड्डीको क्षयरोग (बोन टिबी) सङ्क्रमण भयो । तैपनि बुद्धको आत्मविश्वास डगमगाएन । रोगले गाँज्दै लग्यो । उहाँका कम्मर मुनि दुवै खुट्टा चल्न छाडे । जीवनको धरा नै हल्लाउने यी दुःखद् अवस्थाबाट उहाँ विचलित हुनुभएन । वैशाखी र आत्मविश्वासमा टेकेर आफ्नै खुट्टामा उभिने क्रममा उहाँ गाउँमा कपाल काट्ने शैलुन खोल्न सफल हुनुभयो ।

शारीरिक अपाङ्गता र बोन टिबीसँग जुधिरहनुभएको उहाँले चार वर्षदेखि बुद्धशान्ति–६ स्थित आफ्नै गाउँ सन्तपुरमा शैलुन खोल्नुभएको छ । उहाँ दैनिक १५ देखि २० जनासम्म ग्राहकको कपाल वैशाखी टेकेरै काट्नुहुन्छ । तामाङको दाजु पनि शारीरिक अपाङ्ग हुनुहुन्छ । परिवार धान्नुपर्ने जिम्मेवारी पनि तामाङकै काँधमा छ ।

अपाङ्ग र बिरामी भएर पनि स्वावलम्बनका लागि तामाङले देखाएको साहस र शीप देखेर मानिस चकित छन् । “धेरै अपाङ्गहरु सडकमा मागेर जीवन धान्न बाध्य भइरहेको देखिन्छ”, बुद्धशान्ति वडा नं ६ का अध्यक्ष शिवराज पौडेल भन्नुहुन्छ, “तर, तामाङले सिप सिकेर आफ्नै पौरखमा जिउने जुन साहस देखाउनुभएको छ, त्यसको जति प्रशंसा गरे पनि कम नै हुन्छ ।”

विसं २०४० मा झापाकै शान्तिनगरमा जन्मनुभएको तामाङलाई २०६३ सालमा क्षयरोग पुष्टि भएको थियो । खुट्टाको हड्डीमा पीडा हुन थालेपछि जचाउँन धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जाँदा चिकित्सकले क्षयरोग लागेको जानकारी दिएका थिए । गरिबीका कारण कक्षा ४ भन्दाबढी शिक्षा उहाँले लिन पाउनु भएन । उहाँको विवाह भएको छैन ।

“रोग लागिहाल्यो भनेर मैले हरेस खाइन”, उहाँले भन्नुभयो, “उपचारसँगै जिउनका लागि उपाय खोज्न थालेँ । सुरुमा मोबाइल र टिभी बनाउन सिके । केही समयपछि कपाल काट्न सिकेँ ।” अहिले आफ्नै गाउँ सन्तपुर चोकमा उहाँको व्यवस्थित शैलुन छ ।” कम्मरमुनिका अङ्ग नचले पनि उहाँको हात र दिमाग तेजसँग चल्छ । वडा कार्यालयले शैलुन खोल्न रु ७५ हजार सहयोग गरेको वडाध्यक्ष पौडेलले बताउनुभयो । वडा कार्यालयले दिएको सहयोगमा ऋण थपेर व्यवस्थित शैलुन सञ्चालन गर्न सकेको तामाङले बताउनुभयो ।

स्थानीय शिक्षक योेगेन्द्र चम्लागार्इंले कपाल काट्ने राम्रो सिप भएकाले तामाङको शैलुनमा गाउँका बसै मानिस कपाल काट्न आउने गरेको बताउनुभयो । “अपाङ्ग र बिरामी हुनुहुन्छ, जीविकाका लागि मद्दत पुगोस् भनेर स्थानीयले सहानुभूति पनि राख्नुभएको छ”, उहाँले भन्नुभयो ।

सुरुमा बुद्धले गाउँमा टिनको बेरा लगाएर सानो टहरो हालेर शैलुन सुरु गर्नुभएको थियो । अव्यवस्थितरुपमा वैशाखी टेकेरै कपाल काटेको दयनीय अवस्था देखेर नै वडा कार्यालयले उहाँलाई व्यवस्थित शैलुन बनाउन आर्थिक सहयोग गरेको हो ।

“अपाङ्ग भएर बाटोमा हात फैलाउन मलाई मन लागेन, त्यही भएर कपाल काट्ने पेसा सुरु गरेको हुँ”, गाउँका उदाहरणीय युवाका रुपमा पहिचान बनाउनुभएको तामाङले भन्नुभयो, “खान र लाउन यही शैलुनको आम्दानीले पुगेकै छ । बोन टिबीको राम्रो उपचार गर्न आर्थिक अभाव छ । कतैबाट उपचारको सहयोग पाए लिने थिएँ ।”
रासस

प्रकाशित मिति : ६ कार्तिक २०८०, सोमबार  १० : ३३ बजे

पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण,

बालुवामा पुरिएर मजदुरको मृत्यु

दाङ । एस्काभेटरले फालेको बालुवामा पुरिएर एक जना मजदुरको मृत्यु

आर्थिक तथा प्राविधिक अभाव हुँदा करोडौँका डायलासिस मसिन प्रयोगविहीन

नवलपरासी । भौतिक संरचना र प्राविधिक अभाव हुँदा करोडौँ मूल्यका

नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा ललितपुरको नक्खु कारारागारबाट फरार भएका

भित्तेचित्रले बदलिँदै नेपालगन्जको रूप

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले सहरका सरकारी तथा सार्वजनिकस्थलको सुन्दरता बढाउन