२ पुस २०८२, बुधबार | December 17, 2025

नेपाललाई यूएईले दियो १६५ रनको लक्ष्य



काठमाडौं । त्रिकोणात्मक टि-२० आई सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा पाहुना टोली यूएईले नेपाललाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको यूएईले २० ओभरमा ७ विकेट गुमाउँदै १६४ रन बनाएको छ ।

यूएईका लागि बसिल हमिद र वृत्य अरविन्द दुवै अर्धशतक बनाउन ५ रनले चुके । उनीहरुले समान ४५/४५ रनको योगदान गरे । कप्तान मुहमद वसीमले ८ रन, खालिद शाहले १२ रन बनाउँदा आसिफ खानले १८ रन, आलिशान सराफुले ९ रन, नसिर अलीले ९ रन, अकिफ राजाले ५ रन र निलांश केश्वनीले ८ रन बनाए ।

नेपालका लागि सोमपाल कामी र अभिनाश बोहोराले २/२ विकेट लिँदा गुलशन झा र करन केसीले समान एक/एक विकेट लिए ।

प्रकाशित मिति : ६ कार्तिक २०८०, सोमबार  १ : १६ बजे

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया