२९ मंसिर २०८२, सोमबार | December 15, 2025

साउन ६ गतेसम्मका लागि नेकपा स्थायी कमिटीको बैठक स्थगित



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ ।

आज दिउँसो ३ बजे बस्ने तय भएको बैठक साउन ६ गते विहान ११ बजे बस्ने गरी स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए ।

नेकपा पार्टी कार्यालयका सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले विज्ञप्ति जारी गरी बैठक साउन ६ गते ११ बजे प्रधानमन्त्री  निवास बालुवाटारमा बस्ने जानकारी दिएका छन् ।

शनिबार सहमति नजिक पुगेको भन्ने समाचार बाहिर आएपनि अर्का अध्यक्ष प्रचण्डले पार्टीका बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाललाई बोलाएर कुनै सहमति नभएको बताएका थिए । सचिवालय बैठक लगत्तै  प्रधानमन्त्री केपी ओली र अध्यक्ष प्रचण्ड   राष्ट्रपतिलाई भेट्न शीतल निवास गएपछि राजनीतिक बृत्तमा अध्यक्ष द्वयका बीच सहमति भएको अनुमान गरिएको थियो । नेताहरुबीच थप छलफल गर्नुपर्ने भन्दै स्थायी कमिटी बैठक स्थगित गरिएको छ ।

स्थायी कमिटी बैठक यसअघि ६ पटकसम्म स्थगित भइसकेको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  १ : १९ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले