२३ भदौ २०८३, मंगलबार | September 8, 2026

नयाँ आएका प्रजिअ र प्रहरी प्रमुखले गरे सीमा स्तम्भको अनुगमन, नरैनापुर गाँउपालिकाद्धारा स्वागत



नरैनापुर । बाँकेमा शान्तिसुरक्षा बहाल गर्ने कार्यमा कमजोरी देखिएको भन्दै मन्त्रालय तानिएका प्रजिअ र प्रहरी प्रमुखको स्थानमा सरुवाभई आएका बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेल र एसपी सुभाष चन्द बोहराले नेपाल भारत सीमाको सीमा स्तम्भहरुको अनुगमन गरेका छन् । बाँकेको सीमावर्ती गाँउपालिका नरैनापुर पुगेर उनीहरुले सीमास्तम्भ अनुगमन गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी पोख्रेल र प्रहरी प्रमुख एसपी बोहरा सहित सुरक्षा अधिकारीहरुको टोली सीमावर्ती क्षेत्र र सीमा स्तम्भको अनुगमन तथा निरीक्षण गर्न आज मध्यान्ह नरैनापुर पुगेको थियो। बाँकेमा सरुवा भएर आए पछि पहिलो पटक प्रजिअ पोख्रेल र एसपी बोहरा नरैनापुर पुगेर नेपाल भारत सिमा बगौडाको निरिक्षण गरेका हुन् ।

नेपाल–भारत सीमा स्तम्भको अनुगमन गर्दै सीमामा कडाईका साथ शान्तीसुरक्षा मजबुत राख्न नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई प्रजिअ र प्रहरी प्रमुखले निर्देशन दिएका थिए । उनीहरुले सिमावर्ती क्षेत्रमा रहेका प्रहरी युनिटहरुमा कार्यरत प्रहरी कर्मचारीलाई कार्य सम्पादनको क्रममा सुरक्षा मापदण्डको पालना गरी उच्च मनोवलका साथ प्रभावकारी भुमिका निर्वाह गर्न उत्प्रेरित समेत गरे ।

नरैनापुर पुगेका प्रमुख जिल्ला अधिकारी पोख्रेल र एसपी बोहरालाई एक कार्यक्रमका बीच गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाह सहित स्थानीयले स्वागत गरेका थिए।

प्रजिअ पोख्रेललाई स्थानीयबासीले आफूहरु नेपाली भएको अनुभूति गर्न नपाएको प्रति चिन्ता व्यक्त गर्दै आफुहरुले उत्पादन गरेको खाद्यान्न सदरमुकाम सम्म पुर्याउन नपाउदै नेपाल प्रहरी र सशस्त्र प्रहरीले तस्करीको खाद्यान्न भन्दै नियन्त्रणमा लिने गरेको गुनासो गरेका थिए । उनीहरुले तत्काल उक्त कार्य बन्द गर्न आग्रह गर्दै तस्करी सिमानामा नै रोक्नु पर्ने सुझाव दिएका थिए ।

स्थानीयबासीसँगको छलफलमा बोल्दै प्रजिअ पोख्रेलले नरैनापुरमा उत्पादन भएको खाद्यान्न प्रहरीले नियन्त्रणमा लिनु ठिक नभएको बताउदै सीमामा नै तस्करहरुलाई नियन्त्रणमा लिन सुरक्षा अधिकारीहरुलाई निर्देशन दिए । उनले स्थानीय किसानहरुलाई पिडा हुने गरी कार्य नगर्न सुरक्षा अधिकारीहरुलाई निर्देशन दिए ।

नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले नरैनापुरका किसानहरु निकै पिडामा रहेकोले किसानको समस्या समाधान गर्ने तर्फ भूमिका खेल्न प्रजिअ पोख्रेल सहित सुरक्षा अधिकारीहरुलाई सुझाव आग्रह गरे । उनले अर्को प्रसंगमा नरैनापुर धार्मिकताका आधारमा निकै संवेशदनशील ठाँउ भए पनि दशैँको मूर्ती विसर्जन कार्यलाई सौहर्दपूर्ण रुपमा सम्पन्न गर्ने गरी तयारी गरिरएको जानकारी दिए ।

अनुगमन तथा स्वागत कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक रमेश शाही, अनुसन्धानका उपनिर्देशक मोहन कुमार कुवर, नरैनापुरका १ का अध्यक्ष इसाक जोलाह, ३ का अजय कुमार मिश्रा, ४ का मनोज शर्मा, ५ का कृष्ण चन्द्र मौर्य र ६ प्रेम मौर्य र सशस्त्र प्रहरी नायव उपरीक्षक तथा प्रहरी निरीक्षकहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ६ कार्तिक २०८०, सोमबार  ६ : ३५ बजे

भोटेकोशी बाढीप्रभावितलाई कारागारका कैदीबन्दीद्वारा सहयोग

चितवन । यहाँको कारागार रहेका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका

रसुवा बाढीबाट सिक्नुपर्ने पाठ

सोलुखुम्बु । रसुवाको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको

शहीदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध प्रतिक्रियावादी चलखेल भइरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

काठमाडौ  ।  पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो

फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । केहीदिन ओरालो लागेको सुनको भाउ मंगलबार तोलामा ३