१६ असार २०८३, मंगलबार | June 30, 2026

कडा सुरक्षाकाबीच बाँकेमा दुर्गा भवानीको मूर्ति शान्तिपूर्ण रुपमा विसर्जन



नेपालगन्ज । नेपालगन्ज लगायत बाँकेका विभिन्न स्थानमा स्थापना गरिएका दुर्गा भवानीको मूर्तिको आज विधिवतरुपमा विसर्जन गरिएको छ ।

नेपालगन्जसहित बाँकेका बिभिन्न स्थानमा घटस्थापनको दिमा स्थापना गरिएको ७ सय बढी भवानीको मूर्ति बाँकेका सिधनिया, अगैया, मानखोलालगायतका घाटमा लगेर विसर्जन गरिएको हो ।

१० दिनसम्म पूजाआजा गरी नेपालगन्जमा राखिएको मूर्तिलाई आज बुधबार नगरको विभिन्न भागको परिक्रमा गराई राप्ती नदीमा विसर्जन गरिएको हो ।

मूर्तिलाई बाँकेका विभिन्न नदी किनारमा लगेर विधिवत पूजा गरेर विसर्जन गरिएको थियो । विसर्जनका लागि ठुलो संख्यामा भक्तजनको घाटसम्म पुगेका थिए।

नवदुर्गा भवानीको १० दिनसम्म चलेको पूजामा हिन्दु, मुस्लिम, सिख, इसाईलगायतका धर्मावलम्बीहरुले एकापसमा शुभकामना साटासाट गर्नुका साथै पर्वमा सामाजिक सद्भाव र भाईचारा कायम राख्न समाजका अगुवाले स्थानीय स्तरमा समन्वय र सहकार्य गरेका थिए ।

मूर्ति विसर्जनलाई मर्यादित र शान्तिपूर्ण बनाउन बाँके प्रशासनले ठुलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेको थियो । आज दिनभर जिल्लामा मदिरा निषेध गर्नुका साथै घुसपैठबाट र्यालीलाई जोगाउन जमुनाहा नाका समेत सील गरिएको थियो ।

ट्रक, ट्याक्टर र पिकअप भ्यानमा राखेर दुर्गा मूर्ति सेलाउन लैजाने क्रममा केही समय नेपालगन्जको ट्राफिक अस्तब्यस्त हुन पुगेको थियो ।

कुनै अप्रिय घटना हुन नदिन उच्च सतर्कता अप्नाइएको र सबै बाँकेबासीले संयमता र सदभाव प्रदर्शन गरेकाले शान्तिपूर्णरुपमा मूर्ति विसर्जन कार्य सम्पन्न भएको बाँके प्रहरी प्रवक्ता डीएसपी नाराण डाँगीले बताए । केहि दिनअघि भएको झडपको घटनाबाट पाठ सिकेर प्रशासनले ठूलो संख्यामा सादा पोशाकमा प्रहरी परिचालन गरिनुका साथै सदरलाइन, त्रिभुवन चोक, त्रिवेणी मोड, फुल्टेक्रारोड, घरबारी टोल, विपि चोक लगायतका घरका छतमा समेत सुरक्षाकर्मी तैनाथ गराएको थियो ।

मूर्ति विसर्जनका क्रममा आयोजना गरिएका र्यालीमा अपराधिक ब्यक्तिको घुसपैठ हुन नदिन प्रहरीले नगरका विभिन्न भागमा ड्रोनमार्फत निगरानी गरेको समेत प्रहरीले जनाएको छ । सुरक्षास्थितिको बारेमा बुझ्न प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, बाँकेका प्रहरी प्रमुख सुभाष चन्द बोहरा, जिल्लास्थित नेपाली सेना प्रमुख, सशस्त्र प्रहरी प्रमुख समेत र्यालीमा खटिएका छन् । उनीहरु त्रिभुवन चोक, त्रिवेणीमोड, राप्ती रोडमा आफै खटिएको प्रहरी प्रवक्ता डिएसपी डाँगीले बताए ।

 

 

 

प्रकाशित मिति : ८ कार्तिक २०८०, बुधबार  ८ : ०९ बजे

जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

मुस्ताङ । यहाँको घरपझोङ गाउँपालिका-४, जोमसोमस्थित कालिगण्डकी नदीको तटमा रहेको

तीन करोड ५१ लाखभन्दा बढीको अवैध सामग्री बरामद

रसुवा । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म रसुवा भन्सार

इन्जुरी समयमा मार्टिनेली चम्किए, ब्राजिल अन्तिम १६ मा प्रवेश

काठमाडौं । अतिरिक्त समयको इन्जुरी समयमा ग्याब्रिएल मार्टिनेलीले निर्णायक गोल

जर्मनीको विश्वकप यात्रा समाप्त, पेनाल्टीमा पाराग्वेसँग स्तब्ध

काठमाडौं । चार पटकको विश्वविजेता जर्मनीको विश्वकप यात्रा नकआउट चरणमै

आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

लमजुङ । यात्रा गर्न जोखिम बढेको भन्दै आजदेखि रात्रिकालीन समयमा