१ जेष्ठ २०८१, मंगलबार | May 14, 2024

टी-२० विश्वकप छनोट खेलका लागि नेपाली टोलीको घोषणा, सन्दीप पनि समेटिए



काठमाडौं । आइसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट खेलका लागि नेपाली टिमको घोषणा भएको छ।

आगामी कात्तिक १३ गतेदेखि सुरु हुने सो खेलका लागि १५ सदस्सीय नेपाली टोलीको घोषणा भएको हो ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले टि–२० विश्वकप छनोट खेल्ने १५ सदस्यीय नेपाली टिम घोषणा आज गरेको हो।

जसअनुसार कप्तान रोहित पौडेलको नेतृत्वको नेपाली टिममा कुशल भुर्तेल, आशिफ शेख, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्शन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जिसी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी परेका छन्।

सन्दीप लामिछानेले विश्वकप छनोटको तयारी स्वरूप खेलिएको त्रिदेशीय टी–२० सिरिज नखेले पनि विश्वकप छनोट खेलमा भने समावेश हुन पुगेका छन् । उनले मानशिक तनावको कारण देखाउँदै छनौटको तयारी स्वरुप खेलिएको खेल भने खेलेका थिएनन ।

सो प्रतिस्पर्धामा कुल ८ देश सहभागी हुनेछन, जसका लागि २ समूह बनाइएको छ। घरेलु मैदानमा सो खेल खेल्न लागेको नेपाल भने समूह ‘ए’ मा परेको छ, जुन समुहमा मलेसिया, ओमन र सिंगापुर रहेका छन भने समूह ‘बी’ मा भने बहराइन, हङकङ, कुवेत र युएईको टिम रहेको छ ।

एसिया छनोट खेल आगामी कात्तिक १३ गतेदेखि कीर्तिपुरस्थित त्रिभुवन बिश्वबिद्यालयको मैदान र मुलपानीस्थित क्रिकेट मैदानमा हुनेछ । क्यानका अनुसार समूह ए का सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछन भने समूह बीका सबै खेल मूलपानी क्रिकेट मैदानमा हुनेछ।

प्रकाशित मिति : ११ कार्तिक २०८०, शनिबार  ९ : ५४ बजे

सहकारीको रकम अपचलनको आरोपमा अध्यक्षसहित आठ पक्राउ

पोखरा । पोखरा महानगरपालिका-४ गैहपाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको

पूर्वराष्ट्रपति यादवद्वारा ‘नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल’ नामक पुस्तक विमोचन

काठमाडौं । ‘नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल’ नामक पुस्तक आजदेखि

नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोली र नेपालका

नीति तथा कार्यक्रमअनुसार बजेट ल्याउनुपर्छ : एफएनसीसीआई अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले नीति

विद्यालय चिटिक्क पारेर मनाए मध्यबिन्दुको युवा संघका युवाले स्थापना दिवस

मध्यविन्दु । राष्ट्रिय युवा संघ नेपाल मध्यविन्दु नगर कमिटी नवलपरासीले