२२ माघ २०८२, बिहिबार | February 5, 2026

बुटवलको कान्छो ब्यवसायिक संस्था उद्योग ब्यापार संघको आफ्नै भवन बन्दै



बुटवल । भाडाको घरबाट कार्यालय सम्पादन गर्दै आएको उद्योग ब्यापार संघ बुटवलले आफ्नै भवन बनाउने भएको छ । बुटवल उपमहानगरले वडा नम्बर ११ देबीनगरमा जग्गा उपलब्ध गराएसँगै संघले आफ्नै भवन बनाउन थालेको हो ।

बुटवल–११ देवीनगरमा वडा कार्यालय भवनको पछाडि बुटवल उपमहानगरले दिएको २ कठ्ठा जग्गामा संघको भवनका लागि आज शिलान्याश गरिएको छ । बुटवल उपमहानगरका नगर प्रमुख खेलराज पाण्डेयले एक कार्यक्रमकाबीच सचिवालय भवनको शिलान्याश गरे ।

शिलान्याश कार्यक्रममा बोल्दै नगर प्रमुख पाण्डेयले उद्योगी व्यवसायीका संस्थाहरु स्थापित र बलियो भए मात्र बुटवल बजार गुल्जार हुने र बुटवलको विकासमा योगदान पुग्ने बताए । उनले उपमहानगरले बुटवलमा क्रियाशील सबै व्यवसायिक संघसंस्थालाई समान दृष्टिले हरेको बताउँदै सबै संस्थाहरुसंग सहकार्य गरेर उपमहानगरले बुटवलको आर्थिक विकास र बजार चलायमान बनाउन चाहेको बताए ।

संघका अध्यक्ष गोबिन्दराज गैरेले सचिवालय भवनका लागि जग्गा उपलब्ध गराएकामा उपमहानगरपालिका र वडा कार्यालयलाई धन्यवाद ज्ञापन गर्दै एक वर्षभित्र दुईतले भवन तयार गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

तल्लो तला सभा हल र माथिल्लो तलामा कार्यालय रहने गरी बन्ने भवनको लागत डेढ करोडदेखि २ करोड हुने जानकारी दिए । अध्यक्ष गैरेले आगामी २०८२ सालमा बुटवल मण्डपमा औद्योगिक ब्यापार मेला सञ्चालनको पालो रहेको समेत जानकारी गराए ।

कार्यक्रममा नेपाल उद्योग ब्यापार महासंघका केन्द्रीय महासचिव खेम पराजुलीले बुटवलका मुख्य ४ व्यवसायिक संस्था मध्ये कान्छो भएपनि संघले अन्य पुराना संस्था सरह सामाजिक योगदान गरेको बताउंदै संघको भवन निर्माणमा महासंघबाट आर्थिक सहयोगको पहल गर्ने बताए ।

वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले बुटवलका अन्य ३ व्यवसायिक संस्थाका भवन बनिसकेका तर यो संस्थाको भवन बन्ने क्रममा रहेकाले सबैको सहयोग आवश्यक रहेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोखरेल, रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष कृष्ण पराजुली, संघका उद्योग उपाध्यक्ष विष्णु पाण्डे, महासचिव पदम जीसी लगायतले आआफ्ना भनाई राखेका थिए ।

प्रकाशित मिति : ११ कार्तिक २०८०, शनिबार  ९ : ३२ बजे

सुनको मूल्य तोलामा ९ हजार ५०० रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य उल्लेख्य रूपमा घटेको

काठमाडौंमा १ करोडको गहना चोर्नेलाई प्रहरीले गोली हानेर समात्यो, ट्रमा सेन्टरमा उपचार हुँदै

काठमाडौं । काठमाडौंको बौद्धका रिन्जी लामाको घरबाट मङ्गलबार रु एक

कागजका मागदेखि जमिनको विकाससम्म : गुल्मी क्षेत्र नं २ को बदलिँदो कथा

बुटवल । चुनावका बेला मतदाताले लेखेरै बुझाउने कागजका चाङ्ग धेरैलाई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा.

मकवानपुरमा चुनावी चहलपहल बढ्दै

हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै मकवानपुरका सहरी एवं