२५ श्रावण २०८३, सोमबार | August 10, 2026

सभामुख घिमिरे र राष्ट्रसंघीय महासचिव गुटेरेसबीच भेटवार्ता



काठमाडौं । नेपालको भ्रमणमा रहेका संयुक्त राष्ट्र संघका महासचिव एन्टिनियो गुटेरेसले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग भेटवार्ता गरेका छन् । सो क्रममा  सभामुख घिमिरेले व्यस्तताबीच नेपाल भ्रमण गरेकोमा स्वागत गर्दै नेपाली जनता, नेपालको संसद र व्यक्तिगतरुपमा महासचिव गुटेरेसको नेपाल भ्रमणको सफलताको शुभकामना व्यक्त गरे ।

नेपालको संसदको नियमावलीमा नै राष्ट्रसंघका महासचिवबाट सम्बोधन हुन सक्ने व्यवस्था गरेको जानकारी गराउँदै उनले महासचिव गुटेरेसको सम्बोधनलाई नेपाली जनताले पनि चासोसाथ हेर्ने बताए ।

नेपाल संक्रमणकालीन न्याय प्रक्रियालाई सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमार्फत तार्किक निष्कर्षमा पु¥याउन प्रतिबद्व रहेको बताउँदै सभामुख घिमिरेले दुवै आयोगसम्बन्धी ऐन निर्माणका लागि संसद र संसदीय समितिमा गम्भीरतापूर्वक छलफल भइरहेको र निकट समयमा नै ऐन निर्माण हुने बताए ।

नेपालको संक्रमणकालीन न्याय प्रकिया सन् २००६ मा सरकार र तत्कालिन विद्रोही पक्षवीच सम्पन्न भएको विस्तृत शान्ति सम्झौता, सर्वोच्च अदालतको निर्देशनहरु, सम्बन्धित अन्तर्राष्ट्रिय प्रतिवद्वता, पीडित पक्षहरुका चासो एवं धरातलीय वस्तुस्थितिबाट निर्देशित रहेको बताउँदै उनले नेपालले शान्ति प्रक्रियामा प्राप्त गरेको उपलब्धी विश्वका लागि नै मोडेल बन्न सक्ने र यो विश्वका कतिपय देशहरुमा देखिएका अशान्ति र द्वन्द्वको निरुपणका लागि पनि यहाँका विशिष्टिकृत प्रयासहरु उदाहरण बन्न सक्ने बताए ।

जवाफमा महासचिव गुटेरेसले नेपाल संक्रमणकालीन न्याय प्रक्रियालाई टुंगोमा पु¥याउन राष्ट्रसंघ आवश्यक सहयोग गर्न तयार रहेको बताए । क्रमणकालीन न्यायले पीडित, उनीहरुको परिवार र समुदायमा शान्ति ल्याउन सहयोग गर्ने उनको विश्वास छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  ५ : १५ बजे

खजुराबाट ४० मोतिविन्दुको शल्यक्रियाको लागी सिफारिस

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका ४ डि गाउँमा आँखा शिविर

सरकार र मृतक मेहताको परिवारबीच सात बुँदे सहमति

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्मा यही साउन १० गते

प्रचण्डले दिए सरकारलाई धन्यवाद

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

सरकारी कागजात सच्याएको आरोपमा नेपालगन्ज –२० का वडाध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२० का वडाध्यक्ष कौशलकुमार धोवीसहित चार जनाविरुद्ध

अर्थमन्त्री र बहुराष्ट्रिय ठूला करदाता कम्पनीबीच छलफल, नेपालमा २०० अर्ब लगानी थपिँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय