७ जेष्ठ २०८१, सोमबार | May 20, 2024

शिवम् सिमेन्टका भिपि निखिल अग्रवाल श्री महात्मा गान्धी राष्ट्रिय अभिमान पुरस्कार २०२३बाट सम्मानित



काठमाडौ । शिवम् सिमेन्टका निखिल अग्रवाल श्री महात्मा गान्धी राष्ट्रिय अभिमान पुरस्कार २०२३बाट सम्मानित भएका छन् ।

ब्राण्डम्यान इण्डिया पीआर एण्ड प्रोमोशनद्वारा आयोजित अवार्ड कार्यक्रममा श्री महात्मा गान्धी राष्ट्रिय अभिमान पुरस्कार २०२३ (Shri. Mahatma Gandhi Rashtriya Abhiman Puraskar 2023) बाट शिवम् सिमेन्टका भिपि (सेल्स एण्ड मार्केटिङ) निखिल अग्रवाल सम्मानित भएका हुन् । अग्रवाल शिवम् सिमेन्टको स्थापना काल देखिनै निरन्तर कार्यरत छन् ।

ब्राण्डम्यान इण्डिया पीआर एण्ड प्रोमोशन  (Brandman India PR & Promotion)  ले हरेक वर्ष अन्तर्राष्ट्रिय स्तरमा अवार्ड कार्यक्रम गर्दै आईरहेको छ ।

यस कार्यक्रमको प्रमुख लक्ष्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका औद्योगिक क्षेत्रहरुलाई प्रोत्साहन गर्ने, अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्ने, विभिन्न उद्योगहरुमा नेतृत्व गर्ने कर्मचारी तथा व्यवस्थापक छनौट गरी पुरस्कार वितरण गर्ने तथा अन्तर्राष्ट्रिय प्रतिनिधीहरु संग समन्वय गराई व्यापार विस्तारको अवसर प्रदान गर्ने जस्ता कार्यहरु गर्दै आईरहेको छ ।

ब्राण्डम्यान इण्डिया पीआर एण्ड प्रोमोशनले हरेक वर्ष आयोजना गर्ने यस अवार्ड कार्यक्रममा विभिन्न राष्ट्रका विभिन्न विधामा आफ्नो राष्ट्रिय स्तरका व्यापारिक क्षेत्रमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने कर्मचारी, व्यवस्थापक तथा उद्योगको छनौट गरी यसको समग्र क्षेत्रको मूल्याङकन, व्यवस्थापन तथा राष्ट्रिय स्तरमा पु¥याएको उत्कृष्ट योगदानको आधार छनौट गरी अवार्ड दिने गर्दछ ।

 

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  ९ : ४० बजे

सभामुखको भूमिका सन्तोषजनक भएन- चित्रबहादुर केसी, महामन्त्री शर्माले सभामुखलाई भने-‘रबर स्ट्याम्प’

काठमाडौं । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसदमा सभामुखको भूमिका सन्तोषजनक

नेपालगन्जमा परम्परागत इनारको संरक्षण

नेपालगन्ज । नेपालगञ्जका साँघुरा गल्लीमा हुनसक्ने आगजनीको जोखिमलाई मध्यनजर गरी

नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज प्रतिनिधिसभाबाट पुनः

कानुनभन्दा माथि कोही छैन भन्ने भाष्य स्थापित भएको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक नेतृत्व कानुनभन्दा माथि