१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

शिवम् सिमेन्टका भिपि निखिल अग्रवाल श्री महात्मा गान्धी राष्ट्रिय अभिमान पुरस्कार २०२३बाट सम्मानित



काठमाडौ । शिवम् सिमेन्टका निखिल अग्रवाल श्री महात्मा गान्धी राष्ट्रिय अभिमान पुरस्कार २०२३बाट सम्मानित भएका छन् ।

ब्राण्डम्यान इण्डिया पीआर एण्ड प्रोमोशनद्वारा आयोजित अवार्ड कार्यक्रममा श्री महात्मा गान्धी राष्ट्रिय अभिमान पुरस्कार २०२३ (Shri. Mahatma Gandhi Rashtriya Abhiman Puraskar 2023) बाट शिवम् सिमेन्टका भिपि (सेल्स एण्ड मार्केटिङ) निखिल अग्रवाल सम्मानित भएका हुन् । अग्रवाल शिवम् सिमेन्टको स्थापना काल देखिनै निरन्तर कार्यरत छन् ।

ब्राण्डम्यान इण्डिया पीआर एण्ड प्रोमोशन  (Brandman India PR & Promotion)  ले हरेक वर्ष अन्तर्राष्ट्रिय स्तरमा अवार्ड कार्यक्रम गर्दै आईरहेको छ ।

यस कार्यक्रमको प्रमुख लक्ष्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका औद्योगिक क्षेत्रहरुलाई प्रोत्साहन गर्ने, अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्ने, विभिन्न उद्योगहरुमा नेतृत्व गर्ने कर्मचारी तथा व्यवस्थापक छनौट गरी पुरस्कार वितरण गर्ने तथा अन्तर्राष्ट्रिय प्रतिनिधीहरु संग समन्वय गराई व्यापार विस्तारको अवसर प्रदान गर्ने जस्ता कार्यहरु गर्दै आईरहेको छ ।

ब्राण्डम्यान इण्डिया पीआर एण्ड प्रोमोशनले हरेक वर्ष आयोजना गर्ने यस अवार्ड कार्यक्रममा विभिन्न राष्ट्रका विभिन्न विधामा आफ्नो राष्ट्रिय स्तरका व्यापारिक क्षेत्रमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने कर्मचारी, व्यवस्थापक तथा उद्योगको छनौट गरी यसको समग्र क्षेत्रको मूल्याङकन, व्यवस्थापन तथा राष्ट्रिय स्तरमा पु¥याएको उत्कृष्ट योगदानको आधार छनौट गरी अवार्ड दिने गर्दछ ।

 

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  ९ : ४० बजे

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’