२५ श्रावण २०८३, सोमबार | August 11, 2026

भरतपुर अस्पतालमा अतिविशिष्टिकृत सेवा



चितवन । भरतपुर अस्पतालमा १२ विभागमा अतिविशिष्टिकृत सेवा दिन थालिएको छ । अठार जना डिएम, एमसिएच र फेलोसिप गरेका विशेषज्ञ चिकित्सकले यो सेवा दिँदै आएका छन् ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार दिउँसो १ बजेपछि उनीहरुले अस्पतालभित्रै रू पाँच सय टिकट लिएर अतिविशिष्टिकृत सेवा दिने गरेका छन् । यो सेवा सञ्चालनमा आएसँगै थप बिरामी लाभान्वित हुने गरेका उनको भनाइ थियो ।

“एमडि गरेपछि डिएम र एमसिएच गर्न तीन वर्ष थप अध्ययन गर्नुपर्दछ भने फेलोसिपका लागि कम्तीमा एकवर्ष थप अध्ययन गरेको हुनुपर्दछ । अस्पतालमा दिउँसो १२ बजेसम्म तीन चिकित्सकले बहिरङ्ग सेवा ९ओपिडि० मा बिरामी हेर्ने गर्दछन्”, पौडेलले भने, “१ बजेपछि अति विशिष्टि सेवा सुरु हुन्छ ।” उनका अनुसार जनरल बहिरङग सेवामा एक जना चिकित्सकले एक दिनमा ४० जना बिरामी हेर्ने गर्दछन् ।

पालो नपाएकाहरुले अतिरिक्त रू पाँच सय शुल्क तिरेर ती चिकित्सकसँग सेवा लिनसक्ने पौडेलले जानकारी दिए । उनले भने, “अतिविशिष्ट सेवा पेइङ्पै (सा तिरेर लिने सेवा)मा लिँदै गर्दा पनि बिरामीले अन्य सुविधा सरकारी अस्पतालकै पाउने भएकाले न्यून खर्चमा उपचार लिन सकिन्छ ।”

अतिविशिष्ट सेवा दिने चिकित्सकलाई महिनामा एकरदुई पटक बोलाएर निजी क्लिनिकमा सेवा दिने गरिएकामा सरकारी अस्पतालमा नै यो सेवा पाएसँगै बिरामी थप लाभान्वित भएका छन् । अस्पतालमा मुटुरोगका चार, न्यूरो सर्जन एक, न्यूरो मेडिसिन एक, मिर्गौला दुई, कलेजो एक, पेटसम्बन्धी एक र मूत्ररोगसम्बन्धी एक जना अति विशिष्ट सेवा दिने चिकित्सक छन् ।

हर्मनरोग एक, स्पाईनल सर्जरी दुई, जोर्नी प्रत्यारोपण एक, दुर्विनबाट जोर्नीको शल्यक्रिया गर्ने दुई जना र नवजात शिशुसम्बन्धी एक जना अति विशिष्ट सेवा दिने चिकित्सक रहेका पौडेलले जानकारी दिए । उनका अनुसार १८ अति विशिष्ट सहित ९६ जना विशेषज्ञ चिकित्सक र एक सय दुई मेडिकल अफिसर अस्पतालमा कार्यरत छन् भने नर्सको सङ्ख्या सात सयको हाराहारी छ ।

हाल अस्पतालमा एक हजार ६१ चिकित्सक तथा कर्मचारी कार्यरत छन् । तीमध्ये नेपाल सरकारका तीन सय ९८ चिकित्सक तथा कर्मचारी छन् । बाँकी अस्पताल विकास समितिका कर्मचारी हुन् । अस्पतालमा छ सय शय्या सञ्चालनमा छन् ।

चितवनसहित छिमेकी जिल्लाका बिरामी यहाँ उपचारका लागि आउने गर्दछन् । अतिविशिष्टिकृत सेवासमेत यहाँ पाउने भएपछि बिरामीको सङ्ख्या निकै बढेको छ । गत महिना एकै दिन बहिरङ्ग सेवा लिने बिरामीको सङ्ख्या तीन हजार पुगेको अस्पताल स्रोतले जनाएको छ । अस्पतालमा आएका बिरामीमध्ये ७० प्रतिशत हाराहारी स्वास्थ्य बीमाका हुने गरेका छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  ४ : ०६ बजे

खजुराबाट ४० मोतिविन्दुको शल्यक्रियाको लागी सिफारिस

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका ४ डि गाउँमा आँखा शिविर

सरकार र मृतक मेहताको परिवारबीच सात बुँदे सहमति

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्मा यही साउन १० गते

प्रचण्डले दिए सरकारलाई धन्यवाद

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

सरकारी कागजात सच्याएको आरोपमा नेपालगन्ज –२० का वडाध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२० का वडाध्यक्ष कौशलकुमार धोवीसहित चार जनाविरुद्ध

अर्थमन्त्री र बहुराष्ट्रिय ठूला करदाता कम्पनीबीच छलफल, नेपालमा २०० अर्ब लगानी थपिँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय