२६ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

खुमलटारको बालुवाटारलाई सन्देश,– ओलीले एक पद छोड्नैपर्छ



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको विवाद थामिने कुनै संकेत देखिएको छैन । पार्टीको बैठक स्थगित गरेका शिर्ष नेताहरु गुट बैठकमा व्यस्त रहेका छन् ।

पटकपटक स्थगित हुँदै आएको स्थायी कमिटीको बैठक भोलि साउन ६ गतेका लागि बोलाइएको छ ।  तर, नेकपाका अहिले सतहमा देखिएका प्रष्ट दुई गुट आआ्फनो पोजिशनलाई बलियो बनाउन निरन्तर गुट बैठकमा व्यस्त छन् ।

यतिबेलाको नेकपा विवाद खासमा बालुवाटार भर्सेस खुमलटार देखिएको छ । पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको विवादमा मुख्य भूमिका माधवकुमा नेपाल पक्षले निभाइरहेको छ ।

पार्टीभित्र विवाद बढ्दै जाँदा अध्यक्ष प्रचण्डले खुमलटारमा सोमबार बिहान आफु निकट पूर्व माओवादी नेताहरुसँग छलफल गरेका छन् । आइतबार आफु निकट सचिवालय सदस्यहरु र पूर्व एमाले निकट नेताहरुसँग छलफल गरेका प्रचण्डले सोमबार स्थायी कमिटी सदस्यहरुसँग छलफल गरे ।

शनिबार बसेको पार्टीको सचिवालय बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए ।

ओलीको प्रस्तावलाई सुरुमा ठिकै मानेका प्रचण्डले साँझसम्म आइपुग्दा जनताको बहुदलीय जनवाद मान्ने शर्तमा महाधिवेशनबाट एकल अध्यक्षमा निर्वाचित गराउन सहयोग गर्ने ओली वचनलाई प्रिय मान्न सकेनन् ।

वैचारिक विषयमा सर्त ते-याएपछि प्रचण्ड सशंकित भएको उनी निकट नेताहरुले बताएका छन् । एकातिर दुई अध्यक्षबीच भएको छलफलबाट आफुलाई पखा लगाइयो कि भन्ने सम्झिएका नेपालले प्रचण्डलाई दबाब दिन, अर्कोतिर ओलीबाट राष्ट्रपति निवासमा लगेर शर्त थोपरिनु, प्रचण्डलाई अप्ठेरो परेको थियो । यसैले उनले अहिले आफुलाई भरथेग गरेको नेपाल समुहलाई चिढयाउन नहुने निस्कर्षमा पुगेको एक स्थायी कमिटी सदस्यले बताए ।

सोमबार भएको छलफलमा ओलीले एकपदबाट राजीनामा गर्नैपर्ने निस्कर्ष निकालेको छ । ‘पार्टी अध्यक्ष र प्रधानमन्त्री समेत भएको नाताले ओलीले नै निकास दिएर पार्टी एकतालाई पनि बचाउनुपर्छ’, छलफलमा सहभागी एक नेताले खबरकुरालाई बताए । अहिले बल ओलीको कोर्टमा रहेको उनले जिकिर गरे ।

अर्कोतिर, ओली निकट नेताहरु पनि निरन्तर छलफलमा व्यस्त रहेका छन् । प्रचण्ड–नेपाल पक्षको रणनीतिलाई निस्तेज बनाउन उनीहरुले पनि व्यक्तिगत रुपमा नेताहरु भेट्ने क्रमलाई जारी राखेका छन् । आफ्नो समुहलाई बलियो बनाउँदै अर्को समुहका नेताहरुलाई तान्ने प्रयासमा ओली पक्ष लागेको स्रोतले बताएको छ ।

त्यसो त, पार्टी एकता बचाउनुपर्छ भन्दै पूर्वएमाले र पूर्व माओवादी समुहका कैयौं नेताहरुले दुवै अध्यक्षलाई दबाब दिइरहेका छन् ।

कुनै पनि हालतमा पार्टीमा फुट र विभाजन ल्याउने प्रवृत्ति स्वीकार्य नहुने भन्दै उनीहरुल दुई अध्यक्षलाई भेट गरेका छन् । पार्टी एकता जोगाउनपर्छ भन्ने पक्षधर पूर्व माओवादी निकट केही स्थायी कमिटी सदस्यहरुले अध्यक्ष प्रचण्डलाई आइतबार भेटेका थिए । आफुलाई सहयोग गर्नुपर्ने प्रचण्डको प्रस्तावमा उनीहरुले सहयोग सधैं रहने तर पार्टी एकता कुनै पनि शर्तमा भंग गर्न नपाईने बताएको अर्का एक नेताले खबरकुरालाई बताएका छन् । उनीहरुले प्रधानमन्त्री ओलीलाई समेत भेटेर पार्टी फुटाल्ने सोच त्याग्न दबाब दिएको स्रोतले बताएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ३ : ३१ बजे

समानुपातिक प्रणालीतर्फको मतगणना बुधबार सकिने, १ करोड ६ लाख गन्दा रास्वपाको ५१ लाख

काठमाडौँ, २६ फागुन स् यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

जापनिज इन्सेफलाइटिस सङ्क्रमणपछि खोप अभियान

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापनिज इन्सेफलाइटिसको सङ्क्रमण दर

रुपन्देहीमा समानुपातिकतर्फ रास्वपा पहिलो, कर्णालीमा कांग्रेसले पायो सर्वाधिक मत

बुटवल । प्रतिनिधिसभा निर्वाचनमा रुपन्देहीमा प्रत्यक्षतर्फ पाँचवटै क्षेत्र जितेको राष्ट्रिय

प्रहरीद्वारा रूपन्देहीमा लाखौँ मूल्य बराबरका अवैध सामान बरामद

भैरहवा । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी ल्याइएका

तीन महिनापछि पोखरा-जोमसोम हवाई सेवा सञ्चालन

मुस्ताङ । हिउँदयामको प्रतिकूल मौसम तथा पर्यटकीय अफसिजनका कारण विगत