१८ श्रावण २०८३, सोमबार | August 3, 2026

जाजरकोटमा ६.४ म्याग्निच्यूडको भूकम्प, कम्तिमा ५० जनाको मृत्यु



सुर्खेत । जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको जानकारी दिए ।

हालसम्म भूकम्पमा परेर कम्तिमा ५० जनाको मृत्यु भएको छ । भूकम्पले संरचना भत्किँदा सयौँ घाइते भएका छन् । भूकम्पले जाजरकोट र रुकुम पश्चिममा धेरै मानवीय र भौतिक क्षति गरेको छ । अहिलेसम्म दुई जिल्लामा गरेर कम्तिमा ५० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जाजरकोटको नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको पनि भूकम्पमा परेर मृत्यु भएको छ । सदरमुकाम खलंगास्थित घरमा सुतिरहेको अवस्थामा घर भत्किँदा उनको मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख डीएसपी किशोर श्रेष्ठले जानकारी दिए ।

‘जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको शक्तिशाली भूकम्पको धक्का काठमाडौंसहित देशैभरजसो महसुश गरिएको थियो ।

भूकम्पपछि धेरै सडकमा सुख्खा पहिरोले बाटो अवररुद्ध हुँदा घाइतेको उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ५ : ५८ बजे

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौँ । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क