२७ बैशाख २०८१, बिहिबार | May 9, 2024

चिनियाँ राष्ट्रपति सीले भने – नेपालाई विपद्को बेलामा आवश्यक सहयोग गर्न चीन तयार छ



काठमाडौं । जाजरकोटमा गएको शक्तिशाली भूकम्पबाट भएको क्षतिप्रति चिनियाँ राष्ट्रपति सी चिनफिङले स्तब्ध भएको बताएका छन् ।

राष्ट्रपति सीले नेपाली समकक्षी रामचन्द्र पौडेललाई शोक सन्देश पठाउँदै भूकम्पबाट भएको मानवीय क्षतिप्रति समवेदना प्रकट गरेका हुन् ।

सीले सन्देशमा – ‘नेपालको कर्णाली प्रदेशमा गएको शक्तिशाली भूकम्पबाट ठूलो मानवीय तथा भौतिक सम्पत्तिको क्षति भएको थाहा पाएर आफू स्तब्ध भएको’ बताएका छन् ।

‘चिनियाँ सरकार र जनताको तर्फबाट सीले मृतकहरूप्रति गहिरो श्रद्धान्जली प्रकट गर्दै शोकसन्तप्त परिवार र घाइतेहरूप्रति गहिरो समवेदना प्रकट गर्नुभयो र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो।’, नेपालका लागि चिनियाँ राजदूत चेन सोङले सीको सन्देशलाई उदृद्ध गर्दै भनेका छन् ।

सीले पौडेल र नेपाल सरकारको नेतृत्वमा भूकम्प प्रभावित क्षेत्रका जनताले अप्ठ्यारो पार गरी सकेसम्म चाँडो घर निर्माण गर्न सक्ने विश्वास व्यक्त गर्दै नेपाललाई आवश्यक विपद् सहयोग गर्न चीन इच्छुक रहेको बताएका छन् ।

चिनियाँ प्रधानमन्त्री ली छ्याङले पनि प्रधानमन्त्री प्रचण्डलाई सन्देश पठाउँदै मृतकहरुप्रति श्रद्धान्जली अर्पण गरेका छन् । उनले मृतकका परिवारहरुप्रति समवेदना प्रकट गरेका छन् भने घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ९ : ४१ बजे

त्रिभुवन विश्वविद्यालयमा सङ्घीयताअनुरूप पुनःसंरचनाको गृहकार्य

काठमाडौं । त्रिभुवन विश्वविद्यालयलाई सङ्घीयताको ढाँचाअनुरूप पुनःसंरचना गरिने भएको छ

तनहुँ कारागारमा क्षमताभन्दा बढी बन्दी

तनहुँ । जिल्ला कारागारमा तीन सय २३ कैदीबन्दी छन् ।

नारायणगढ-मुग्लिन सडकमा चार पुल धमाधम बन्दै

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डका निर्माणाधीन सबै पुल आगामी कात्तिकसम्ममा सञ्चालन

प्रदेश प्रमुख खापुङद्वारा कोशीमा सरकार गठनको आह्वान

विराटनगर । कोशी प्रदेशमा प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको