१४ जेष्ठ २०८३, बिहिबार | May 28, 2026

१५ वर्षीया किशोरी बलात्कारपछि हत्या आरोपमा खजुराका रहिस खाँ पक्राउ



गुल्मी । गुल्मी चन्द्रकोट गाउँपालिका–४ हुग्दी खोला किनारमा मृत भेटिएकी १५ वर्षकी मनिषा रुचाललाई बलात्कार पछि हत्या भएको प्रहरीले जनाएको छ । बालिका मनिषालाई बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाँके खजुरा गाउँपालिका–७ घर भई हाल चन्द्रकोट गाउँपालिका–४ बस्ने २३ वर्षीय रहिस खाँ रहेका छन् । बलात्कार र हत्या अभियोगमा खाँलाई पक्राउ गरिएको गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरक्षिक नवीन किशोर प्रधानले बताए ।

कात्तिक १७ गते बिहान जिल्लाको चन्द्रकोट गाउँपालिका–४ हुग्दी खोला किनारमा १५ वर्षकी मनिषा रुचालको नग्न अवस्थामा शव भेटिएको थियो ।

खाँलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालतबाट अनुमति लिइएको एसपी प्रधानले बताए ।

१६ कात्तिकमा बागलुङको बरेङ गाउँपालिका घर भई हाल चन्द्रकोट गाउँपालिका– ४ बस्दै आएकी मनिषा खेतालालाई सुर्ती लिन खेतबाट पसलतर्फ गएर उतै बेपत्ता भएकी थिइन् । पसलबाट नफर्किएकी मनिषको १७ कात्तिकमा हुग्दी खोलामा मृत अवस्थामा शव फेला परेको थियो ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ७ : ३४ बजे

महाकाली नदीमा सेनाको विपद् अभ्यास

महेन्द्रनगर । नेपाली सेनाको अगुवाइमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरीस्थित महाकाली

नेपाल-स्विट्जरल्याण्ड द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठक सम्पन्न

काठमाडौं । नेपाल–स्विट्जरल्याण्ड द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठक बुधबार काठमाडौँमा

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ११ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५५ सवारीचालक सवारी

नेपालमा ‘क्यान्सर’को औषधिमा प्रयोग गरिने कच्चा पदार्थ उत्पादन : निर्यात समेत थालनी

चितवन । जायोडिन बायोटेक उद्योगले क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ

मुग्लिन-पोखरा सडक विस्तार : अगामी असारसम्म पनि पूरा नहुने

कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण