२४ भदौ २०८३, बुधबार | September 9, 2026

अफगानिस्तानलाई हराउँदै अष्ट्रेलिया विश्वकप क्रिकेटको सेमिफाइनलमा



काठमाडौं । अष्ट्रेलियाले सनसनीपूर्ण खेलमा अफगानिस्तानलाई तीन विकेटले पराजित गर्दै विश्वकप क्रिकेट-२०२३ को सेमिफाइनल यात्रा तय गरेको छ । पाँचपल्टको विश्वकप विजेता अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले चोटको पीडासँगै लड्दै अदम्य साहसले भरिएको २ सय १ रन बनाए ।

जितका लागि २ सय ९२ रनको लक्ष्य पाएको अष्ट्रेलियाले ४६.५ ओभरमा सात विकेट गुमाएर २ सय ९३ रन बनायो । निश्चित हारको सङ्घारमा रहेको अष्ट्रेलियाले यो जित निकालेको हो । म्याक्सवेल र कप्तान प्याट कमिन्सले इनिङ्स सम्हाल्नु अगाडि अष्ट्रेलिया सात विकेट गुमाएर ९१ रनको दयनीय स्थितिमा थियो । त्यही स्थितिबाट म्याक्सवेलले विश्वकप इतिहासकै सबैभन्दा सनसनीपूर्ण इनिङ्स खेले ।

उनले कुल १ सय २८ बलको सामना गरे र त्यस क्रममा २१ चौका र १० छक्का प्रहार गरे । उनले कमिन्ससँग मिलेर आठौं विकेटका लागि २ सय २ रनको साझेदारी गरे । त्यसमा कमिन्सले १२ रन बनाए । यससँगै अष्ट्रेलियाले सेमिफाइनल यात्रा तय गरेको छ । अष्ट्रेलिया सेमिफाइनल प्रवेश गर्ने तेस्रो टिम भएको छ ।

यसअघि भारत र दक्षिण अफ्रिकाले पनि प्रतियोगिताको अन्तिम चारको यात्रा तय गरिसकेका छन् । यो जितपछि अष्ट्रेलियाको आठ खेलबाट १२ अङ्क भएको छ र लिग तालिकाको तेस्रो स्थानमा छ । अफगानिस्तान भने ८ अंकमै सीमित रह्यो ।

त्यस अगाडि इब्राहिम जार्डनको शतकको मद्दतले अफगानिस्तानले पहिले ब्याटिङ गर्दै पाँच विकेटमा २ सय ९१ रन बनाएको थियो । ओपनरका रूपमा नटआउट रहेर २१ वर्षीय जार्डनले १ सय २९ रन बनाए । विश्वकपमा अफगानिस्तानका लागि यो पहिलो शतकीय प्रदर्शन हो । यस्तै विश्वकपमा यो अफगानिस्तानको अहिलेसम्मकै सबैभन्दा ठूलो स्कोर पनि हो ।

जार्डनले १ सय ४३ बलको इनिङ्समा आठ चौका र तीन छक्का प्रहार गरे । अफगानिस्तानका लागि अर्का नटआउट ब्याटर रसिद खानले १८ बलमा ३५ रन बनाए । उनले दुई चौका र तीन छक्का आफ्नो नाममा लेखाए । जार्डनले प्रत्येक विकेटका लागि साथी ब्याटरसँग मिलेर महत्त्वपूर्ण साझेदारी गरे ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ७ : १३ बजे

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ६५ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार १४ः००

बाढीप्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन

काठमाडौँ । शिक्षा विभागले रसुवा जिल्लाको भोटेकोशीमा गएको बाढीबाट प्रभावित

विपद् र जलवायु संकटका विषयमा रवि लामिछानेले राखे ६ वटा प्रस्ताव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपद्का समयमा

मोदी खोलामा बजेको खतराको घण्टी !

पोखरा । हिमनदी भत्केर भोटेकोशी–त्रिशूली नदीमा गएको प्रलयकारी बाढीले निम्ताएको