२९ मंसिर २०८२, सोमबार | December 15, 2025

नेपाली क्रिकेट : मुख्य प्रशिक्षकका लागि क्यानले दरखास्त आह्वान गर्दै, विक्रम न्यौपाने पूर्णकालिन फिजियो नियुक्त



काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले मुख्य प्रशिक्षक नियुक्तिका लागि प्रक्रिया अघि बढाउने भएको छ ।

हाल रिक्त मुख्य प्रशिक्षकका लागि क्यानले यसै साता दरखास्त आह्वान गर्ने निर्णय गरेको हो ।

क्यानको कार्यसम्पादन समितिको बैठकले अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) सित छलफल गरी मुख्य प्रशिक्षकका साथै महाप्रबन्धक, वित्तीय प्रबन्धक र व्यवस्थापकका लागि दरखास्त आह्वान गर्ने निर्णय गरेको छ ।

उमेश पटवालले गत वर्ष मुख्य प्रशिक्षकबाट राजीनामा दिएपछि नेपाली क्रिकेट टोली प्रशिक्षकविहीन छ । पहिलो पटक खुला प्रतिस्पर्धाबाट राष्ट्रिय टोलीको प्रशिक्षक छनोट गर्न लागेको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । क्यानको बैठकले सातै प्रदेशका लागि सात प्रशिक्षक नियुक्त गर्नसमेत दरखास्त आह्वान गर्ने निर्णय गरेको छ ।

यस्तै विक्रम न्यौपानेलाई नेपाली टोलीको पूर्णकालीन फिजियोका रुपमा नियुक्त गर्ने क्यानले निर्णय गरेको छ । तत्कालका लागि टोलीका सम्बन्धित विषयको समन्वय र व्यवस्थापनको जिम्मेवारीसमेत क्यानले न्यौपानेलाई दिएको छ ।

मूलपानी क्रिकेट मैदानका लागि सात कर्मचारी थप गर्दै समितिले पोखरा, भैरहवा र वीरगञ्जका लागि एकएक ‘पिच क्युरेटर’ नियुक्त गर्ने निर्णय गरेको अध्यक्ष चन्दले बताए ।

यसैगरी क्यानका केन्द्रीय सदस्य जयन्ती भट्टको संयोजकत्वमा महिला क्रिकेट विकास समिति गठन गर्ने निर्णय गरिएको छ ।

उक्त समितिमा प्रदेश समितिमार्फत अन्य सदस्य थप गरिने छन् । आगामी भदौ १५ गतेभित्र क्यानको वार्षिक साधारणसभा सम्पन्न गर्ने बैठकले निर्णय गरेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  २ : ३१ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले