१८ श्रावण २०८३, सोमबार | August 3, 2026

भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बिहान १०:५१ बजे



काठमाडौं । कात्तिक २९ गते बुधबार भाइटीका लगाउनुपर्ने समितिले जनाएको छ । यस दिन बिहान १०:५१ बजे भाइटीकाको उत्तम साइत रहेको समितिका अध्यक्ष अधिकारीले बताए । सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् नै हुने समितिले जनाएको छ । राज्य सञ्चालकले भने साइतमा टीका लगाउनुपर्छ ।

भाइपूजा र नेवारी भाषामा किजापूजा कात्तिक २९ गते नै गरिन्छ । बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ । परम्परा अनुसार नेवार समुदायका केही मानिसले भने कात्तिक २८ र ३० गतेसमेत किजापूजाका नाममा यो पर्व मनाउने घोषणा गरेका छन् ।

झिलीमिलीको चाड पनि भनिने तिहारका अवसरमा एक हप्ता अघिदेखि नै राजधानी लगायत प्रमुख शहरमा थरी थरीका बत्ती बाल्न सुरु भइसकेको छ । बत्तीको उज्यालोले शहरमा घुम्दा समेत मन आनन्दित हुन्छ । केहीले आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाकै दिनदेखि दीपावलीलाई निरन्तरता दिन्छन् ।

यस अवसरमा विकृतिका रुपमा फैलिएको पटाका पट्काउनेले गर्दा दुर्घटना पनि हुने गरेको छ । जताततै पटाका पड्काउँदा आगलागी, अरुलाई लागेर घाइते हुने, आँखालगायत अङ्गभङ्ग हुने समस्यासमेत बढ्न थालेको छ । नेपाल प्रहरीले पटाका नपट्काई सभ्य रुपमा पर्व मनाउन आह्वान गरेको छ । तिहारअघि ठूलो सङ्ख्यामा पटाका बरामद हुने गरेपनि पडक्न भने छोडेको छैन ।

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  ८ : ०७ बजे

विभिन्न पाँच समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद, प्रतिनिधिसभा अन्तर्गतका विभिन्न पाँच समितिको बैठक

सवारी साधनको ठक्करबाट झापामा वृद्धको मृत्यु

भद्रपुर । झापाको कन्काई नगरपालिका–४ कोटीहोममा सवारी साधन ‘पिकअप’को ठक्करबाट

नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको

विराटनगरका उद्योगी-व्यवसायी प्रकाश मुन्दडाको घर र कार्यालयमा प्रहरीको छापा

काठमाडौं । विराटनगरस्थित प्रमुख औद्योगिक तथा व्यापारिक घराना देवनरा ग्रुपका

चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता, खोजी जारी

चितवन । जिल्लाबाट बेपत्ता भएका व्यक्ति मध्ये ८९ अझै सम्पर्कमा