१८ श्रावण २०८३, सोमबार | August 3, 2026

भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि आज कार्यविधि ल्याइँदै



काठमाडौं । सरकारले जाजरकोट भूकम्पपीडितलाई तत्काल अस्थायी आवास निर्माणका लागि आइतबार कार्यविधि बनाउँदैछ ।

कात्तिक १७ गते शुक्रबार रातिको भूकम्पले प्रभावित भएका जाजरकोट, पश्चिम रुकुमसहित १२ जिल्लाका प्रभावितलाई तत्काल अस्थायी आवास बनाउनका लागि आज कार्यविधि पारित गर्न लागिएको हो ।

यसका लागि उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ अध्यक्ष रहको राष्ट्रिय विपद व्यवस्थापन कार्यकारी समितिको बैठक दिउँसो १२ बजे बस्दैछ । २०७२ पछिका भूकम्पबाट घर गुमाएकालाई स्थायी र अस्थायी आवासका लागि अनुदान दिन छुट्टै व्यवस्था नरहेकाले सरकारले भूकम्पपीडित अस्थायी आवास निर्माणसम्बन्धी कार्यविधि पारित गर्न लागेको हो ।

कार्यविधि पारितपछि भूकम्पबाट पूर्ण र आंशिक रुपमा घरमा परिवारलाई तत्काल राहत हुनेछ । यसअघि सरकारले भूकम्पपीडितलाई तत्काल ५० हजार नगद राहत दिने निर्णय गरिसकेको छ । भूकम्पबाट २६ हजार ५ सय २८ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् भने ३५ हजार भन्दा बढी घरमा आंशिक क्षति पुगेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  १० : ०२ बजे

नारायणगढ-मुग्लिन सडक सञ्चालन

चितवन । नारायणगढ-मुग्लिन खण्डमा खसेको पहिरो पन्छाएर दुवैतर्फी रुपमा सडक

सत्तापक्षले आफ्नै कार्यकर्तालाई आन्दोलनमा उतारेर दोष विपक्षीलाई दिन खोजेको छ : महासचिव पोखरेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले सत्तापक्षले

सुनको मूल्य तोलामा ८०० रुपैयाँ वृद्धि

काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य

विभिन्न पाँच समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद, प्रतिनिधिसभा अन्तर्गतका विभिन्न पाँच समितिको बैठक

सवारी साधनको ठक्करबाट झापामा वृद्धको मृत्यु

भद्रपुर । झापाको कन्काई नगरपालिका–४ कोटीहोममा सवारी साधन ‘पिकअप’को ठक्करबाट