१५ भदौ २०८३, सोमबार | September 1, 2026

माफियाले नदी अधिकारको हनन गरेको भन्दै चुरे विज्ञहरुको चिन्ता



महोत्तरी । नदीको अधिकारलाई माफियाहरुले उल्लंघन गरेको भन्दै चुरे विज्ञहरुले चिन्ता ब्यक्त गरेका छन ।

नदी तथा चुरे संरक्षण अभियन्ताहरुसँग छलफलको क्रममा अवैध उत्खनन मुख्य समस्याको रुपमा रहेको विज्ञहरुले बताएका हुन् ।

मधेशमा नदी उत्तखनन गर्ने संगठित गिरोहहरुको कारण अभियन्ताहरुले ज्यान समेत गुमाउनु परेको बताउदै भावी सन्ततिको रक्षाको लागी यस्ता विकृतिका विरुद्ध सवैजना एकजुट हुनुपर्ने उनीहरुको सुझाव रहेको छ । नेपाल पानी सदुपयोग फाउन्डेसनले महोत्तरीको बर्दिवासमा आयोजना गरेको उक्त कार्यक्रममा डा.बिष्णुमाया केसीले माफियाहरु कै कारण मधेशमा पानीको चरम समस्या सिर्जना हुँदै गएको धारणा राखेकी छिन् । उनका अनुसार पानीको भण्डार रहेको चुरेमा नै यसका स्रोतहरु दिनानुदिन सुक्दै गएको प्रती चिन्ता ब्यक्त गर्दै सरोकारवाला निकाय गम्भीर नबने थप बिकराल समस्याहरु सिर्जना हुनसक्नेतर्फ पनि विज्ञहरुले सचेत गराएका छन् ।

विज्ञहरुले महोत्तरीको रातु नदिको बिषयमा समेत चासो देखाएका थिए । सिंचाई र खानेपानीको लागी महत्वपूर्ण मानिएको रातु नदिमा पानी सुकेसगैँ समस्या सिर्जना बन्दै गएको उनीहरुले बताएका हुन् । लामो समय देखि चुरे तथा जलाधार संरक्षण क्षेत्रमा काम गर्दै आएका इन्जिनियर गणेश साहले नदि सभ्यताको क्षेत्रमा नया ढंगले काम गर्नु पर्ने बताएका छन् ।

नदिका किनारहरुलाई बासका बिरुवा हुर्काएर उधम र आयआर्जनसगँ जोडन सकिने बताउदै नदी संरक्षणको लागी वृक्षारोपण महत्त्वपूर्ण भएको उनको भनाई छ । नदी बच्दा प्राणीहरु पनि बच्ने र मानव जीवनसगँ पानी महत्वपूर्ण रहेको उल्लेख गर्दै विज्ञहरुले सरोकारवाला निकाय गम्भीर बन्नुपर्ने धारणा राखेका छन् ।

कार्यक्रममा डा. चिरञ्जीवी भट्टराई, डा. जनार्दन लामिछाने, डा। धुर्ब प्रसाद गौचन, डा. सुबोध उपाध्याय, डा। बिष्णुमाया केसी लगायतका चुरे विज्ञहरुको उपस्थिति रहेको थियो ।

 

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  १० : ३१ बजे

मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने निर्णय

मियामी । अर्जेन्टिना राष्ट्रिय टोलीका कप्तान तथा जादुमयी फुटबल खेलाडी

लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग

दाङ । लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूले आधा महिना बराबरको पारिश्रमिकबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

‘दौडिन्छिन् हजुरआमा’ स्थगित

नेपालगन्ज । नेपालगन्जमा भदौ २१ गते आयोजना गर्ने तयारी गरिएको

हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सरकार बाढी प्रभावितहरुको खोज, उद्धार,