१ जेष्ठ २०८१, मंगलबार | May 14, 2024

चितवनमा पुनः ध्रुवे आतंक : नियन्त्रणमा लिन टोली परिचालन



चितवन । धेरै मानिसको ज्यान लिएको जङ्गली ध्रुवे हात्ती चितवन राष्ट्रिय निकुञ्जबाट मानव बस्तीतिर पस्न थालेपछि स्थानीय त्रसित भएका छन् । विगत १५ दिनदेखि ध्रुवे माडी क्षेत्र र भरतपुर महानगरपालिकाको वडा नम्बर २३ र २४ मा देखिन थालेको छ ।

हात्तीले बस्तीमा पसेर घर गोठ भत्काउने, थन्काएर राखेको अन्न बाली नष्ट गर्नेजस्ता काम गरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार हात्ती नियन्त्रणका लागि दुई टोली परिचालन गरिएको छ ।

उनले भने, “हात्तीले समस्या दिएपछि विगत १५ दिनदेखि हात्तीको नियन्त्रणका लागि प्राविधिकसहितको दुईवटा टोली परिचालन गरिएको छ ।” हात्ती देखिएमा मात नियन्त्रण गर्ने औषधि प्रयोग गरी ‘डाट’ गर्ने उनले बताए । यसका लागि खुला ठाउँ वा फराकिलो बाटोमा भएको हुनुपर्छ । योसँगै ‘स्याटेलाइट कलर’ जडान गरिने उनले जानकारी दिएनुभयो । कलर जडान गरेसँगै हात्तीले गरेका गतिविधिको बारेमा जानकारी लिन सकिने उनले बताए ।

यसका लागि निकुञ्जको टोली, नेपाली सेनाको टोली, नेपाल प्रहरी, स्थानीय, मध्यवर्ती उपभोक्ता समितिले रातदिन गस्ती गर्दै आएका छन् ।

निकुञ्ज आसपासका क्षेत्रमा हात्ती देखिएसँगै साँझ बिहान बाहिर निस्कँदा सावधानी अपनाउन निकुञ्जले अनुरोध गरेको छ । उनले भने, “हात्ती बाहिर निस्किएको हुँदा मानवीय क्षति हुनसक्ने भएकाले साँझ र बिहानपख अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन अनुरोध गर्दछौँ ।” निस्कनै परे टच लाइट बालेर र समूहमा निस्कन कार्यालयले अपिल गरेको छ ।

ध्रुवे हात्तीले हरेक वर्ष बस्तीमा पसेर सर्वसाधारणलाई दुःख दिँदै आएको छ । यसले हालसम्म २२ भन्दा बढीको ज्यान लिइसकेको निकुञ्जले जनाएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  ८ : ३८ बजे

तिलोत्तमाको मंगलापुर-कान्छीबजार सडक खण्डको दोस्रो चरणको निर्माण कार्य शुरु

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मंगलापुर-कान्छीबजार सडक खण्ड अन्तर्गत दोस्रो

राष्ट्रियसभा बैठकमा कांग्रेसको अवरोध, राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पेश भएन

काठमाडौं। नेपाली कांग्रेसले राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ । संघीय

कांग्रेसको प्रतिक्रिया – नीति तथा कार्यक्रम परम्परागत, नयाँ कुरा छैन

काठमाडौं। नेपाली कांग्रेसले सरकारले ल्याएको नीति तथा कायर्क्रम परम्परागत रहेको

राष्ट्रपति पौडेलबाट आव २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुबै सदनको संयुक्त