१२ श्रावण २०८१, शनिबार | July 27, 2024

ध्रुवे हात्तीलाई रेडियोकलर जडान



चितवन । चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ध्रुवेलाई रेडियोकलर जडान गरेको छ । हात्तीलाई आज दिउँसो निकुञ्जको सुखीभार क्षेत्रको घाँसे मैदानमा डार्ट गरी रेडियोकलर जडान गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । हात्तीको घाँटीमा रेडियोकलर जडान गरिएको छ । रेडियो कलर जडान गरेसँगै हात्तीको निगरानी निकुञ्जले गर्न सजिलो हुने उनले बताए ।

रेडियोकलर जडान गरिसकेपछि हात्ती समुदाय प्रवेश गर्न लागेमा जानकारी गराउन सहज हुनेछ । रेडियोकलर जडान गर्नुअघि हात्तीको दाह्रा पनि काटिएको थियो । विगत केही वर्षयता शान्त रहेको ध्रुवे हात्ती तिहारयता मानव बस्तीमा पस्न थालेपछि निकुञ्जले डार्ट गरी रेडियोकलर जडान गरेको हो ।

रेडियोकलर जडानका लागि निकुञ्जका वरिष्ठ पशुचिकित्सक डा विजयकुमार श्रेष्ठको नेतृत्वमा राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक टोलि, पाँच हात्ती परिचालन गरिएको थियो । यस हात्तीले बस्तीमा पसेर घर भत्काउने, भण्डारण गरिएको खाद्यान्न नष्ट गर्दै आएको तिवारीले बताए ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  ९ : ३६ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान