२२ मंसिर २०८२, सोमबार | December 8, 2025

विश्वकप क्रिकेट : सेमिफाइनलमा आज भारत र न्यूजिल्याण्ड खेल्दै



काठमाडौं । एकदिवसीय विश्वकपको पहिलो सेमिफाइनल खेल आज मुम्बईमा हुँदैछ । जारी प्रतियोगितामा अपराजित रहँदै अङ्क तालिकाको शीर्ष स्थानमा रहेको भारत र २०१९ को उपविजेता न्युजिल्याण्डबीच वानखेडे मैदानमा दिउँसो २:१५ बजे खेल सुरु हुनेछ ।

भारतीय टिम आठौं पटक एकदिवसीय विश्वकपको सेमिफाइनल खेल्न लाग्दा न्युजिल्यान्डको भने यो नवौं सेमिफाइनल खेल हो । दुवै टोली प्रतियोगितामा लगातार दोस्रो पटक सेमिफाइनलमा भिड्न लागेका हुन् । भारतीय समर्थकहरू लगातार दोस्रो पटक न्युजिल्यान्डको हातबाट हार चाहनन् । यसअघि २०१९ को म्यानचेस्टरमा भएको सेमिफाइनलमा भारतलाई १८ रनले हराउँदै न्युजिल्यान्ड फाइनलमा पुगेको थियो ।

यो पटकको विश्वकपमा भारतले लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेको छ । टोलीले हरेक क्षेत्रमा आफूलाई उत्कृष्ट प्रमाणित गरेको छ । भारत लिग चरणमा सबै ९ खेल जितेर तालिकाको शीर्ष स्थानमा रहँदा सबै दाबेदारलाई समूहचरणमा फराकिलो अन्तरले हराएको थियो । न्युजिल्यान्डले भने समूहचरणमा ९ मध्ये ५ खेलमा जित हासिल गर्दै सेमिफाइनल यात्रा तय गरेको हो ।

हेड टु हेडमा न्युजिल्यान्ड बलियो

एकदिवसीय विश्वकपमा न्युजिल्यान्डको इतिहास राम्रो रहेको छ । प्रतियोगितामा दुई टिमबिच कुल १० खेल भएका छन् । जसमा ५ खेलमा न्युजिल्यान्ड र ४ खेलमा भारत विजयी भएका छन् । २०१९ मा भएको एउटा खेल वर्षाका कारण नतिजाविहीन भएको थियो । दुई टिम पछिल्लो पटक यसै विश्वकपको समूहचरणमा भिडेका थिए । धर्मशालामा भएको खेलमा भारतले ४ विकेटको जित हासिल गरेको थियो ।

समग्रमा भारत र न्युजिल्यान्डबिच कुल १ सय १७ एकदिवसीय खेल भएका छन् । जसमा भारतले ५९ र न्युजिल्यान्डले ५० खेलमा जित निकालेका छन् । ७ खेल नतिजाविहीन रहेको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८०, बुधबार  ८ : १४ बजे

एमाले महाधिवेशनको तयारी तीव्र

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनको उद्घाटनस्थल भक्तपुरको

फरक मतमाथि असहिष्णु नबन्न पार्टी संस्थापन पक्षलाई ईश्वर पोखरेलले गराए सचेत (अवधारणापत्र)

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले फरक मत

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डसमक्ष आग्रह

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी

भानुभक्तका पाण्डुुलिपिको संरक्षणसँगै जन्मस्थलको विकासको चासो

पोखरा । “भर् जन्म घाँस तिर मन् दिई धन कमायो

लुम्बिनी ईटा संघमा पदस्थापन, सस्थागत सदृढिकरणमा जोड

भैरहवा । लुम्बिनी ईटा उद्योग व्यवसायि संघमा निर्वाचित नयाँ कार्यसमितिलाई