२ जेष्ठ २०८१, बुधबार | May 15, 2024

कोहलपुरमा धारिलो हतियार प्रहारबाट एकजना गम्भीर घाइते



कोहलपुर । बाँकेको कोहलपुरमा मध्यराती धारिलो हतियार प्रहारबाट एकजना गम्भिर घाइते भएका छन् । कोहलपुर स्थित चप्परगौडीका २८ वर्षिय कृष्ण भनिने मिन बहादुर विकमाथि बिहीबार बिहान साढे तीन धारिलो हतियार प्रहार गरिएको हो ।

धारिलो हतियार प्रहारबाट गम्भिर घाइते भएका विकलाई नेपालगन्ज मेडिकल कलेज लगिएकोमा उपचार सम्भव नभएपछि लखनउ रिफर गरिएको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिए ।

मिन बहादुरलाई बिहान साढे तीन बजेको समयमा उनको घर नजिकै पछाडिबाट अज्ञात व्यक्तिले टाउको सहीत शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ । स्थानीयको सहयोगमा प्रहरीले घाइते विकलाई कोहलपुर मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो ।

प्रहरीले घटनाको अनुसन्धान गर्दै धारिलो हतियार प्रहार गर्ने व्यक्तिको खोजीकार्य तिब्र पारेको जनाएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहिबार  ९ : २८ बजे

एमाले संसदीय दलको बैठक नीति तथा कार्यक्रममा केन्द्रित

काठमाडौं । सरकारको नीति तथा कार्यक्रममा केन्द्रित भई आज सत्तारुढ

अवैध रुपमा बोकिएको मकै, गहुँ र चिनी सहितको ट्रक नियन्त्रणमा

काठमाडौं । सुनसरी जिल्लाको कोशी गाउँपालिका-८ स्थित तिनकुने सीमा ईलाकाबाट

बिहीबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत जाने

काठमाडौं । बिहीबारदेखि ४ दिन काठमाडौंका विभिन्न स्थानमा विद्युत् अवरुद्ध

चिनियाँ विद्युतीय कारमा अमेरिकाले चार गुणा कर बढायो

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनमा बनेका इलेक्ट्रिक कार,

भरतपुरको छ लेन सडक निर्माण अन्तिम चरणमा

चितवन । भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रको पुल्चोक–गोन्द्राङ् छ लेन