१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

सलमानको टाइगर ३ ले गरेन अपेक्षित व्यापार



मुम्बई। सलमान खानको टाइगर ३ बक्स अफिसमा धुम मच्चिरहेको छ ।

सलमान खान, कट्रिना कैफ र इमरान हाश्मी अभिनित स्पाइ थ्रिलर फिल्मले रिलिजको पहिलो तीन दिनमै दर्शकको राम्रो प्रतिक्रिया पाएको छ । तर अहिले टाइगरको चमक अलि घटेको देखिन्छ । जसअनुसार यो फिल्मले अपेक्षित व्यापार नगरेको जनाइएको छ ।

रिपोर्टमा विश्वास गर्ने हो भने टाइगर ३ को चौथो दिनको कमाई पहिलो तीन दिनको तुलनामा आधाले घटेको छ ।

सकनिल्कको रिपोर्ट अनुसार सलमान खान र कट्रिना कैफको फिल्मले चौथो दिन २२ करोड कमाएको छ । यद्यपि यो प्रारम्भिक रिपोर्ट अनुमान हो र यसमा केही तथ्याङ्कहरू थोरै फरक हुन सक्छन् । रिपोर्टका अनुसार टाइगर ३ ले पहिलो तीन दिनमा सबै भाषा मिलेर १४७‍।५० करोड कमाएको थियो । अर्थात् अहिलेसम्म फिल्मको कुल कलेक्सन १६९.८० करोड भइसकेको छ ।

सलमान खान, कट्रिना कैफ र इमरान हाश्मीको फिल्म टाइगर ३ ले सनी देओलको गदर २ लाई कमाईको मामिलामा कडा टक्कर दिइरहेको छ । सक्कनिल्कको रिपोर्ट अनुसार गदर २ ले पनि पहिलो दिन ४० करोडभन्दा बढी कमाई गरेको थियो भने चार दिनमा १७४.३ करोड कमाएको थियो । योसँगै टाइगर ३ को तथ्यांक पनि गदर २ सँग मिल्ने देखिन्छ । टाइगर फ्रेन्चाइजीको तेस्रो किस्ता मनिष शर्माले निर्देशन गरेका हुन् ।

फिल्ममा सलमान खानसँगै कट्रिना कैफ र इमरान हाश्मी मुख्य भूमिकामा छन् । यस बाहेक शाहरुख खान र ऋतिक रोशनको क्यामियो रोल देख्न सकिन्छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहिबार  १० : ०८ बजे

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का

भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन

नयाँ दिल्ली । भारतका विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ । गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ

नेपाली कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक

लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने कुनै पनि गतिविधि स्वीकार्य हुँदैन : गगन थापा

ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतान्त्रिक मूल्य र