२३ भदौ २०८३, मंगलबार | September 8, 2026

ज्यानमार्ने उद्योगमा संलग्नलाई पक्राउ गर्न बाँकेमा प्रहरीले गोली चलायो, खजुराखुर्दबाट आकाश राना पक्राउ



नेपालगन्ज । बाँकेमा ज्यान मार्ने कसुरमा संलग्न एकजनालाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ । गोली हानेर ज्यान मार्ने उद्योग कसुरमा संलग्न एक जनालाई पक्राउ गर्न प्रहरीले गोली चलाएको हो ।

प्रहरीले चलाएको गोली लागेर बैजनाथ गाउँपालिकाका ३१ वर्षीय आकाश राना घाइते भएका छन् । प्रहरीको खोजी सुचीमा रहेका आकाशलाई पक्राउ गर्न खोज्दा भागेपछि गोली चलाएर नियन्त्रणमा लिइएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराले बताए ।

गत कार्तिक ३० गते बिहान कोहलपुर स्थित चप्परगौडीमा स्थानीय मीन बहादुर बिकलाई आकाश राना सहितका युवाहरूले धारिलो हतियार प्रहार गरेर गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ । रानाको समूहले खुकुरी प्रहार गर्दा २९ वर्षीय मीनबहादुर गम्भीर घाइते भएका छन् । उनलाई नेपालगन्जमा उपचार सम्भव नभएपछि उपचारको लागी भारतको लखनउमा पठाइएको छ ।

खुकुरी प्रहारमा संलग्नलाई खोज्दै प्रहरी शुक्रवार जानकी गाउँपालिका–४ स्थित खुर्द खजुरामा पुगेको हो । प्रहरीलाई देखेपछि आकाश राना भागेपछि गोली चलाएर नियन्त्रणमा लिइएको एसपी बोहराले जानकारी दिए । रानाको दायाँ खुट्टामा गोली लागेको छ ।

कार्तिक २८ मा कोहलपुर नगरपालिका–११ मा आकाश रानाले करणी प्रयास गरेको समेत प्रहरीको आरोप छ । उनी लागु औषध मुद्दामा ५ वर्ष जेल बसेर निस्केका हुन् । २०७४ देखी ०७९ सम्म राना नेपालगन्ज कारागारमा थुनामा बसेका थिए ।

नोट : समाचार शिर्सकमा आकाश राना हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ ।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  १ : २६ बजे

दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै

भोजपुर । बाँदरका कारण अन्य बाली जोगाउन धौधौ परिरहेका बेला

प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून

सुनसरी । अर्ना, दुर्लभ चराचुरुङ्गी, सिमसार, नदी तथा घाँसे मैदानका

काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा छ हजारभन्दा बढी भूमिहीन सुकुमवासी, दलित र

भेडागोठमा लालबिरका सात दशक

म्याग्दी । शिरमा ढाका टोपी । इस्टकोटको बाहिर सेतो भाङ्ग्रा

जेनजी सहिद दिवस : सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

काठमाडौं । एक वर्षअघि काठमाडौंका सडकमा देखिएको त्यो दृश्य नेपालको