२३ बैशाख २०८१, आइतबार | May 5, 2024

सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा खण्ड पुनः अवरुद्ध, राजमार्गको ६ स्थानमा पहिरो खस्यो



बुटवल । मंगलबार ४ः३० बजेबाट एक तर्फी रुपमा सुचारु भएको सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडक खण्ड आज बिहानबाट पुनः अबरुद्ध भएको छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गत दोभानको नागमन्दिर, गौडेपुल, कालीमाटी, पैठेडाँडा, लामीडाँडा, पालेपिपल लगायतका स्थानमा पहिरो खसेको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।

सिद्धार्थ राजमार्गको गौडेपुल नजिकै असार अन्तिम सातादेखि खस्न सुरु भएको पहिरो अझै रोकिएको छैन भने दोभानमा ढुंगा र हिलोसहितको पहिरो खसेको छ । पाल्पाको रम्भा, निस्दी, पूर्वखोला गाउँपालिका केन्द्र जाने सडकमा ठूलो पहिरो खसेर सवारी साधन चल्न सकेको छैन । बिहानैदेखि प्रहरीले सडक डिभिजनको समन्वयमा पहिरो खुलाउने प्रयास गरेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए । वर्षाले पाल्पाको दोभान, बन्दीपोखरा, सम्मोबारी, रामपुर, रम्भा लगायतका स्थानमा पहिरो खसेर ४० बढी घर जोखिममा परेको प्रहरीले जनाएको छ ।

वर्षासँगै खसेको पहिरोले बिहान सबेरैदेखि सिद्धार्थ राजमार्ग लगायत रामपुर हुँदै पूर्व नवलपरासी जाने सडक अवरुद्ध भएको छ ।

पहिरो खस्ने क्रम नरोकिएका कारण सडक सुचारु गराउन नसकिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता डिल्ली नारायण पाण्डेयले बताए । पाल्पा र बुटवल दुबै तर्फबाट स्काईभेटर तयारी अवस्थामा राखिएको र पहिरो खस्ने क्रम रोकिए लगत्तै सडक सफा गर्ने काम सुरु गरिने प्रहरीले बताएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ९ : १७ बजे

गुजरातमाथि रोयल च्यालेन्जर्स ४ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी-बराहक्षेत्र र पाथीभरा जोडिने

खोटाङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई

छ करोडको लागतमा तनहुँको बुल्दीखोलामा पुल बन्दै

तनहुँ । व्यास नगरपालिका-१ र २ जोड्नेगरी कराङकाठ-बसपार्क जाने बुल्दीखोलामा

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु

स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जित्यो

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जितेको छ