२९ श्रावण २०८३, शुक्रबार | August 14, 2026

केपी ओली कप खेल्ने बागमती प्रदेशको टिम घोषणा, सन्दीप लामिछाने बने कप्तान



काठमाडौं। केपी ओली कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेश टिमको कप्तानी सन्दीप लामिछानेले गर्ने भएका छन् । बागमती प्रदेश क्रिकेट एसोसियसनले सन्दीपको कप्तानीमा मंगलबार १४ सदस्यीय टोली घोषणा गरेको हो ।

टिममा सन्दीपसँगै राष्ट्रिय टिमका प्रतिश जिसी, यसअघि राष्ट्रिय टिमबाट खेलिसकेका रामनरेश गिरी, इशान पाण्डे र दिपेश श्रेष्ठलाई समावेश गरिएको छ । बागमती प्रदेशको टीमस् सन्दीप लामिछाने ९कप्तान०, सुभ कंसाकार, आशुतोष घिरइया, रित गौतम, गौरव खड्का ९विकेटकिपर०, रोशन विक, प्रतिक श्रेष्ठ, सोनु देवकोटा, इशान पाण्डे, सुबास खत्री, प्रतिश जिसी, रिजन ढकाल, रामनरेश गिरी र दिपेश श्रेष्ठ ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा यही मंसिर ७ देखि १५ गतेसम्म पोखरामा आयोजना हुने टी( २० प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र आयोजकको दुई टीम मदन भण्डारी स्पोर्ट्स एकेडेमी रातो र निलो गरी कूल १२ टिमको सहभागिता रहेको छ । जसलाई चार समूहमा विभाजन गरिएको छ ।

प्रतियोगिता बागमती प्रदेश, कर्णाली प्रदेश र मदन भण्डारी स्पोर्ट्स एकेडेमी रातो टिम समूह ए मा छन् । यस्तै एपीएफ, गण्डकी र लुम्बिनी प्रदेश समूह बी मा छन् भने नेपाल पुलिस क्लब, मधेश र सुदूरपश्चिम प्रदेश समूह सी मा तथा त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश र मदन भण्डारी स्पोर्ट्स एकेडेमी निलो टिम समूह डी मा रहेका छन् ।

हरेक समूहको समूह विजेता सेमिफाइनल पुग्नेछन् भने सेमिफाइनलमा समूह ए को विजेता र समूह डी को विजेता तथा समूह बी को विजेता र समूह सी को विजेताबीच खेल हुनेछ । फाइनल खेल मंसिर १५ गते हुनेछ ।

 

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ३ : ०० बजे

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपाका खगराज भट्ट नियुक्त

धनगढी। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका

रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

रोल्पा । रोल्पाको सुनछहरि गाउँपालिका-२ स्थित फलबाङ गाउँमा बिहीबार राति

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपाका खगराज भट्टद्वारा दाबी पेश, आजै शपथ

धनगढी, २९ साउन। । सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीका लागि नेपाली

बाजुरा पहिरो अपडेटः बेपत्ता महिलाको शव भेटियो

बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा पहिरोमा परी बेपत्ता भएकी

बरामद सबै सामग्रीसहित किशोर श्रेष्ठलाई सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौं। सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले बरामद गरेका सञ्चार