२९ श्रावण २०८३, शुक्रबार | August 14, 2026

पर्वतको हुवासस्थित मिसन अस्पताल २२ वर्षपछि पुनः सञ्चालनको तयारी



पर्वत । झण्डै २२ वर्षदेखि बन्द रहेको यहाँको मिसन अस्पताल सञ्चालनमा आउने भएको छ । विकट गाउँका बासिन्दालाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले दक्षिणी पर्वतको पैँयु गाउँपालिका–४ हुवासमा खोलिएको सो अस्पताल चाँडै सञ्चालनमा आउन लागेको हो ।

अस्पतालका जीर्ण संरचना हाल पुनःनिर्माण भइरहेका छन् । काठमाडौंस्थित देउराली फाउन्डेसनले पुनःनिर्माणको काम थालेको हो । स्थानीय सरोकारवाला व्यक्ति, सङ्घसंस्था र स्थानीय सरकारसँगको पटकपटकको छलफलपछि फाउन्डेसनले अस्पताल सञ्चालनका लागि प्रारम्भिक काम अघि बढाएको पैँयु गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले जानकारी दिए । फाउन्डेसनले अस्पतालको जग्गा, भवन र अन्य भौतिक सम्पत्तिको सुरक्षाको काम थालेको छ । भवन मर्मत, रङ्गरोगन, विद्युतीकरणलगायत काम गर्न थालिएको फाउन्डेसनका अध्यक्ष भीम घिमिरेले जानकारी दिए ।

अहिले भएका काममा अमेरिकाको क्यालिफोर्निया राज्यमा दर्ता भई संसारभरका नन रेसिडेन्ट नेपालीसँगै काम गरिरहेको संस्था एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसिएसनले आर्थिक सहयोग गरेको छ । संस्थाका अध्यक्ष माधव मरासिनीले बन्द रहेको अस्पताल पुनः सञ्चालनको प्रारम्भिक चरणमा जोडिएर परोपकारी काम गर्न पाउँदा खुसी लागेको बताएका छन् ।

अमेरिकाबाट आएका विशेषज्ञ चिकित्सकको समूहले स्थानीय साझेदारसँगको सहकार्यमा २०५० सालमा मिसन अस्पताल स्थापना गरिएको हो । आठ वर्ष मात्र सञ्चालन भई अस्पताल २०५८ सालमा बन्द भएको थियो । पर्वत, स्याङ्जा र गुल्मीका बिरामीलाई लक्षित गरी १५ रोपनी जग्गामा ‘एडभान्टिस्ट फन्ट मिसन’ नामक अमेरिकी संस्थाले एक करोड लगानीमा अस्पताल निर्माण गरेको थियो । अस्पताल पुनः सञ्चालनमा आउने खबरले उत्साहित बनाएको स्थानीय लालबहादुर प्रधानले बताए । रासस

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ३ : ४८ बजे

शशांकको घोषणा – ‘देउवा नै कांग्रेसका सभापति र नेता हुनुहुन्छ’

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा संस्थापनइतर समूहको राष्ट्रिय भेला

सुकेधारामा संस्थापन इतर कांग्रेसको शक्ति प्रदर्शन, देउवा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आयोजना गरेको राष्ट्रिय भेला

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपाका खगराज भट्ट नियुक्त

धनगढी। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका

रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

रोल्पा । रोल्पाको सुनछहरि गाउँपालिका-२ स्थित फलबाङ गाउँमा बिहीबार राति

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपाका खगराज भट्टद्वारा दाबी पेश, आजै शपथ

धनगढी, २९ साउन। । सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीका लागि नेपाली