२२ भदौ २०८३, सोमबार | September 7, 2026

विश्वकप छनोट : नेपाल यमनसँग पराजित



काठमाडौं । फिफा विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको आफ्नो दोस्रो खेलमा नेपाल यमनसँग पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा समूह ‘ए’ अन्तर्गत आज भएको खेलमा नेपाल यमनसँग ०–२ गोलअन्तरले पराजित भएको हो । यमनको जीतमा ओमर अब्दुल अल दाहीले र मोहम्मद अब्दुल्लाह अल दाहीले समान एक एक गोल गरे । ओमरले खेलको ७२औँ मिनेटमा गोल गर्दै यमनलाई पहिलो अग्रता दिलाए ।

त्यस्तै खेलको ९०औँ मिनेटमा मोहम्मदले एक गोल थप्दै आफ्नो टोलीको जीत सुनिश्चित गरे । नेपालले खेलको विभिन्न समयमा पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा प्रतियोगितामा हार बेहोर्न बाध्य बन्यो ।

यसजीतसँगै यमनले शीर्ष तीन अङ्क जोडेको छ । नेपालको भने यो लगातार दोस्रो हार हो । यसअघि छनोटको दोस्रो चरणअन्तर्गत पहिलो खेलमा नेपाल संयुक्त अरब इमिरेट् (युएई) सँग ०–४ गोलअन्तरले पराजित भएको थियो । त्यस्तै यमन बहराइनसँग ०–२ गोलअन्तरले पराजित भएको थियो । उक्त प्रतियोगिताको छनोटअन्तर्गत तेस्रो र चौथो खेल आगामी मार्चमा हुनेछ ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ९ : ३९ बजे

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा बाँकेमा दीप प्रज्वलन

नेपालगन्ज । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको