२९ श्रावण २०८३, शुक्रबार | August 14, 2026

झापामा जंगली हात्तीको आक्रमणबाट भुटानी शरणार्थीको मृत्यु



झापा । जंगली हात्तीको आक्रमणबाट झापामा भुटानी शर्णार्थीको मृत्यु भएको छ । दमकको बेलडाँगीस्थित भुटानी शरणार्थीको शिविरमा बस्दै आएका ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भएको हो ।

डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार मङ्गलबार साँझ शिविर बाहिरको हम्सेदुम्से सामुदायिक वनको जङ्गलमा तामाङलाई हात्तीले आक्रमण गरेको थियो । शिविरको सेक्टर नम्बर २ को हट नम्बर २५२ मा तामाङको बसोबास थियो ।

तामाङ दिउँसो दाउरा खोज्न जंगल गएका थिए। साँझसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा उनलाई जङ्गलमै मृत भेटाएको डिभिजन वन कार्यालयका प्रमुख राईले बताए ।

यसैगरी मेचीनगर नगरपालिका-११ स्थित विशाल दाहालको एकतले पक्की घर जंगली हात्तीले भत्काएको छ । स्थानीय बाँसबारी सामुदायिक वनबाट गाउँ छिरेको एउटा हात्तीले पर्खाल भत्काएर घरभित्र पसी ४०० किलो धान र २०० किलो चामल खाएको पीडित दाहालले जानकारी दिए ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ७ : २७ बजे

शशांकको घोषणा – ‘देउवा नै कांग्रेसका सभापति र नेता हुनुहुन्छ’

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा संस्थापनइतर समूहको राष्ट्रिय भेला

सुकेधारामा संस्थापन इतर कांग्रेसको शक्ति प्रदर्शन, देउवा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आयोजना गरेको राष्ट्रिय भेला

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपाका खगराज भट्ट नियुक्त

धनगढी। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका

रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

रोल्पा । रोल्पाको सुनछहरि गाउँपालिका-२ स्थित फलबाङ गाउँमा बिहीबार राति

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपाका खगराज भट्टद्वारा दाबी पेश, आजै शपथ

धनगढी, २९ साउन। । सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीका लागि नेपाली