२० जेष्ठ २०८३, बुधबार | June 3, 2026

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको भविष्यसँग जोडिएको छ : अध्यक्ष वझा



बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बिकास समितिका नवनियुक्त अध्यक्ष जीवनप्रसाद वझाले बुधबार पदभारण ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै अध्यक्ष वझाले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका जनताको भविष्यसँगै जोडिएकाले सोही अनुसार अघि बढ्ने प्रतिवद्धता ब्यक्त गरे ।

अस्पतालको सेवा बुटवलको भविश्यसँग जोडिएकालेपनि अस्पतालमा आउने सेवाग्राहीलाई अपनत्व महशुस हुनेगरी व्यवहार गर्न सुझाब दिँदै वझाले सम्पूर्ण स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले आ(आफ्नो ठाउँमा जिम्मेवार भएर लाग्न निर्देशन गरे । उनले अस्पतालमा रहेको स्वास्थ्य बिमा कार्यक्रमलाई थप सहज र व्यवस्थित बनाउने गरि अघि बढ्ने बताए । आवश्यक जनशक्ति थप गर्ने तथा प्रविधिको व्यवस्थामा आफ्नो प्राथमिकता रहने पनि उनले बताए ।

अस्पताललाई बुटवलबासीको ठूलो गहनाको रुपमा बिकास गर्न आफ्नो पहल रहने उनले भनाई छ। उनले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, कर्मचारी तथा सम्पूर्ण परिवारको सहयोग र साथमा आफू अघि बढ्ने जनाए ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले अस्पतालको बिकाससँग बुटवलको भविष्य जोडिएको बताए । उनले बुटवललाई स्वास्थ्यको हब बनाउनेगरी सहकार्य गर्न आवश्यक रहेको बताउँदै त्यसकालागि सबै सामाजिक संघ(संस्था तथा राजनीतिक दलहरु एक भएर लाग्नु पर्नेमा जोड दिए ।

बुटवल उद्योग वाणीज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले सेवाग्राहीले महशुस गर्न सक्नेगरि अघि बढ्न अध्यक्ष वझालाई सुझाब दिए ।

अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापाले अध्यक्ष वझालाई स्वागत गर्दै अब नयाँ ढङ्गले अघि बढ्न अस्पताल परिवारलाई थप उर्जा प्राप्त भएको उल्लेख गरे । अस्पतालमा बिकासका लागि एक भएर अघि बढ्न प्रतिवद्ध भएको उल्लेख गर्दै थापाले जनशक्ति व्यवस्थापन, भौतिक संरचनाको व्यवस्था लगायतका समस्या बारे जानकारी गराए ।

 

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ७ : ५६ बजे

चार हजारभन्दा बढी विद्यार्थी भएका सामुदायिक विद्यालयमा रुपन्देहीको वर्चश्व

काठमाडौँ । मुलुकभरका सामुदायिक विद्यालयमध्ये चार हजारभन्दा बढी विद्यार्थी हुनेमा

चोरी भएका सवारीसाधन हस्तान्तरण

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरी भएका ४०

पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द

मुस्ताङ । यहाँको पोखरा–जोमसोम नियमित हवाई सेवा बन्द भएको छ

एमालेमा आमूल रूपान्तरण आवश्यक : सुरेन्द्र पाण्डे

बुटवल । नेकपा एमालेका प्रभावशाली नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले

अन्तिम समयमा गोल खाँदा साफ महिला च्याम्पियनसिपको सेमिफाइनलबाट नेपाल बाहिरियो

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको सेमिफाइनलमा