७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

बाँकेमा लगानी भित्र्याउने चुनौती



नेपालगन्ज । बाँकेको नेपालगन्ज औद्योगिक क्षेत्रमा लगानीकर्ता भित्र्याउने चुनौती देखिएको छ ।

विसं २०३० मा स्थापना गरिएको नेपालगञ्ज औद्योगिक क्षेत्रले आफ्नो अधिनमा रहेको जग्गा उद्योग सञ्चालनका लागि विसं २०७१ सम्म २० वर्ष र २०७२ देखि ४० वर्षका लागि भाडामा दिँदै आएको छ ।

औद्योगिक क्षेत्रमा अहिले लक्ष्मी प्लास्टिक, टण्डन प्लास्टिक, शिखर प्लाई, विनोद मेटल, विजय मेटल, नेपालगञ्ज इञ्जिनीयरलगायत सानाठूला गरी ३३ उद्योग सञ्चालनमा छन् ।

वर्षौंदेखि औद्योगिक क्षेत्रको स्तरोन्नति नहुँदा सोचेजस्तो प्रतिफल प्राप्त गर्न नसकेको उद्योगीको भनाइ छ । यसले लगानीकर्ता भित्रिने सम्भावना पनि चुनौतीपूर्ण बन्दै गएको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

औद्योगिक क्षेत्रबाहेक बाँकेको वैजनाथ गाउँपालिकामा प्रदेशस्तरको नौवस्ता औद्योगिक क्षेत्र निर्माणको चरणमा छ ।

औद्योगिक क्षेत्र निर्माणका क्रम शुरु भए पनि लगानीकर्ता भित्र्याउने खासै कुनै रणनीतिक योजना नभएको सङ्घका अध्यक्ष अब्दुलवाहिद मन्सुरीले बताए ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश नं ५ को आर्थिक राजधानी बनाउने कसरतमा जुटेको सरकारको लगानीकर्ता भित्र्याउन औद्योगिक क्षेत्रले महत्वपूर्ण भूमिका खेल्नसक्ने निजी क्षेत्रले अपेक्षा राखेको छ ।

नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्था कार्यालयका प्रमुख कृष्णप्रसाद पुनका अनुसार, केन्द्रसहित प्रदेश सरकारले वैजनाथमा छ अर्ब रूपैयाँको लगानीमा औद्योगिक क्षेत्र प्रस्ताव गरेको हो ।

निर्माणाधीन सो औद्योगिक क्षेत्रमा २७० बिघा क्षेत्रफल छ । कूल ३३८ बिघा जग्गामध्ये प्रहरी, सुकुम्बासी र अन्य प्रयोजनका लागि छुट्याएर सरदर २७० बिघा औद्योगिक क्षेत्रका लागि जोगिने प्रमुख पुनले बताए ।

सो औद्योगिक क्षेत्र निर्माणका लागि जग्गा अधिग्रहण र डिपीआरको काम सम्पन्न हुनुका साथै वातावरण प्रभाव मूल्याङ्कनको प्रतिवेदन पनि वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत भइसकेको छ ।

नौवास्ता औद्योगिक क्षेत्रमा उद्योग स्थापना गर्न चाहने यस क्षेत्रका उद्योगीसँग नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्था कार्यालयले आशयपत्र माग गरेकामा अहिलेसम्म झण्डै २०० बढी आशयपत्रसमेत प्राप्त भइसकेको छ ।

नेपाल सरकारको योजनाअनुसार, नौवस्तामा स्थापना हुने औद्योगिक क्षेत्रमा प्रत्यक्ष रोजगारको अवस्था सिर्जना हुने करिब २०० ठूला र मझौला उद्योग स्थापना गरिने नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्था कार्यालयका प्रमुख पुनले बताए ।

बाँकेको नौवस्तामा ठूलो क्षमताको औद्योगिक क्षेत्र स्थापना हुने भएपछि पुरानो नेपालगञ्ज औद्योगिक क्षेत्रका उद्योग आवश्यकताअनुसार त्यहाँ स्थानान्तरण गर्न सकिने औद्योगिक क्षेत्र कार्यालयका प्रमुख पुन बताउँछन् ।

नौवस्तामा औद्योगिक क्षेत्र स्थापना भयो भने यसले प्रदेश ५, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुग्ने र वस्तु उत्पादनमा मुलुक धेरै हदसम्म आत्मनिर्भर पनि हुने विश्वास गरिएको छ । -रासस

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ७ : ३५ बजे

बुटवलको एक होटलमा बाबुले गरे छोरीको हत्या

बुटवल । बुटवलको एक होटलमा बाबुले छोरीको हत्या गरेको छन

क्यानडामा विदेशी नागरिकलाइ सन् २०२७ सम्म घर किन्न प्रतिबन्ध

क्यानडा । विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको

बुटवलमा आज जितगढी विजय उत्सव मनाइँदै

बुटवल । आज बैशाख ७ गते । अर्थात बुटवलको जितगढीमा

आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा

भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा

सुर्खेत । भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमा बेलिब्रिज