२ पुस २०८२, बुधबार | December 17, 2025

म्यानचेस्टर सिटी र लिभरपुल १-१ गोलको बराबरीमा



काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी लिभरपुलसँग बराबरीमा रोकिएको छ । शनिबार सिटी आफ्नो घरेलु मैदानमा लिभरपुलसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

म्यानचेस्टर सिटीले इर्लिंग हालाण्डको गोलमा खेलको २७ औं मिनेटमा अग्रता लिएपनि लिभरपुलले खेलको ८०औं मिनेटमा बराबरी गोल फर्काएको थियो । लिभरपुलका लागि ट्रेन्ट एलेजेन्डर आर्नोल्डले गोल गरेका थिए ।

यो बराबरीपछि म्यानचेस्टर सिटीको यो बराबरीपछि प्रिमियर लिगको अंक तालिका रोचक देखिएको छ । सिटीको बराबरीपछि अब आर्सनलले सिटीलाई उछिनेर शिर्ष स्थानमा जाने अवसर पाएको छ । आर्सनलले आजराती ब्रेन्टफोर्डविरुद्ध खेल्दै छन् ।

यो खेलपछि सिटीको १३ खेलमा २९ अंक भएको छ भने आर्सनलको १२ खेलमा २७ अंक रहेको छ । त्यसैगरी सिटीसँग एक अंक खोसेको लिभरपुलको १३ खेलमा २८ अंक भएको छ र लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ७ : ३८ बजे

३ बजे सम्ममा ६५० मत खस्यो, राति १० बजे मतदान सकिने अनुमान

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व