२९ माघ २०८२, बिहिबार | February 12, 2026

गौशालाको स्तरोन्नति गर्न आर्थिक अभाव : महायज्ञ लगाइँदै



टीकापुर । कैलालीको टीकापुरस्थित गौशालालाई स्तरोन्नति गर्न आर्थिक अभाव भएपछि यही मङ्सिर १६ देखि २३ गतेसम्म महायज्ञ लगाइने भएको छ । टीकापुर-२ सीतापुरस्थित जनजागृति माध्यमिक विद्यालय नजिक महायज्ञ हुने भएको हो ।

सामुदायिक पशु चौपाया व्यवस्थापन तथा प्रवर्द्धन समितिले आयोजना गर्न लागेको उक्त महायज्ञ सम्पन्न गर्न द्वारिका जोशीको संयोजकत्वमा ‘टीकापुर गौशाला ज्ञान तथा धार्मिक महोत्सव मूल समारोह समिति’ गठन गरिएको छ ।

महायज्ञबाट भएको आम्दानीबाट गौशालालाई व्यवस्थित गरिने आयोजकले जनाएको छ । महायज्ञमा अन्तर्राष्ट्रिय भागवत भूषण वाचन शिरोमणि आचार्य नारायण शरण प्रमुख वाचक रहने जनाइएको छ ।

महायज्ञमा तुला दान, अन्न दान, पितृ दान, ब्राह्मण भोजन, प्रसाद वितरण, आरती सेवा, विशेष पूजा, व्रतबन्ध र ग्रह पूजाको व्यवस्था गरिएको छ । “हामी महायज्ञ कर्म खर्चमा कसरी गर्ने भनी लागेका छौँ, टेण्ट, कलाकार निःशुल्क उपलब्ध हुनुभएको छ”, संयोजक जोशीले भने, “मुख्य वाचक र ब्राह्मणलाई न्यून रकम दिने गरी महायज्ञ गर्न थालेका छौँ ।”

स्थानीय राजकुमारी सिंह गाईको संरक्षण गर्नलाई व्यवस्थित बासको योजना बनाएर युवाहरू अघि बढेको देखेर आफू पनि महायज्ञ सफल पार्न अभियानमा जोडिएको बताउँछन । “छाडा पशुले महिलालाई धेरै पीडा थियो, थोरै बारी पनि गाईगोरुले नोक्सान गरिदिने समस्या थियो”, उनी भन्छन, “किसानको बाली पनि जोगिने, गाईवस्तुको पनि उचित संरक्षण हुने काम राम्रो छ । सबैले सकेको सहयोग गर्ने हो ।”

स्थानीय मकरबहादुर केसी युवाहरू गाई संरक्षणमा जुटेको देख्दा किसानलाई बढी राहत भएकाले संरक्षण अभियानमा सबै सहयोगी बन्नुपर्ने बताउँछन । “कमाइ गर्ने उमेरका युवा गाई संरक्षणमा लागेका छन्”, उनी भन्छन, “समाजकै लागि सकारात्मक सन्देश हो । गाई संरक्षण सबैभन्दा पुण्यको काम हो ।”

विसं २०८० जेठ १४ गते संस्थामार्फत टीकापुरका केही युवाले वडा नं २ मा पालिएका छाडा चौपायालाई संरक्षण गरेर आयआर्जनको योजना बनाएका छन् । उनीहरूले छाडा गाइगोरु खुला आकाशमा हुलेको दृश्यलाई ख्याल गरेर संरक्षणमा लाग्ने निधो गरेका हुन् । गाईको संरक्षण गर्नलाई व्यवस्थित बासको योजना बनाएर अघि बढेकोे सामुदायिक पशु चौपाया व्यवस्थापन तथा प्रवर्द्धन समितिका अध्यक्ष लोकबहादुर बिसीले जानकारी गराए ।

“गाई संरक्षण गर्न सक्ने हो भने दूधदेखि मलमूत्र सबै प्रयोगमा ल्याउन सक्छौँ”, उनले भने, “हुलिएका छाडाको बास र खानाको व्यवस्था हाम्रो प्रमुख उद्देश्य हो ।”

संस्थामा गौशालाको संरक्षण थालेपछि तरकारी हाटबजारमा खेर फालिएको तरकारी सङ्कलन गरी गाईका लागि लगिने गरिएको छ भने गोबरबाट जैविक मल, दियो र धूपको उत्पादन गर्न थालिएको छ । यसैगरी गौशालामा राखिएका गाईगोरुलाई भिटामिन, क्याल्सियम, जुकाको औषधि, खोप लगाउने काम भएको छ भने सुत्केरी र गर्भवती गाईलाई छुट्टाछट्टै राखेर हेरचाह गर्ने गरिएको छ ।

गौशालाभित्र १५ कठ्ठा जग्गामा घाँसखेती गरिएको छ । त्यहाँ निर्माण गोबरग्यास प्लान्टबाट बिहान बेलुका दुई-दुई घण्टा ५५ घरधुरीलाई खाना पकाउन बायोग्यास वितरण गरिएको छ ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  १० : ०८ बजे

बागलुङमा स्कूल बस दुर्घटना; २३ विद्यार्थी घाइते, पाँचको अवस्था गम्भीर

बागलुङ । बागलुङ बजारमा स्कूल बस दुर्घटना हुँदा २३ विद्यार्थी

बदलिएर आएको काँग्रेस चुनावबाट पहिलो दल बन्छ : उपसभापति विश्वप्रकाश शर्मा

बुटवल । नेपाली काँग्रेसका उपसभापति विश्व प्रकाश शर्माले बदलिएर आएको

कार्यसम्पादन मूल्यांकनमा बुटवल उपमहानगर पहिलो, इटहरी सबैभन्दा पछाडी

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले देशभरका ११

बुटवलबासीसंग चीरपरिचित छु ,यहाँका समस्या समाधान गर्छु : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली काँग्रेस क्षेत्र नं. २ रुपन्देही अन्तर्गत बुटवल

रुपन्देहीमा शुक्रबारदेखि सातौँ खड्गप्रसाद गौचन स्मृति यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदै

बुटवल । उमेर समूहका खेलाडीलाई प्रतिस्पर्धात्मक मञ्च उपलब्ध गराउने उद्देश्यसहित