२९ श्रावण २०८३, शुक्रबार | August 15, 2026

चोरी सिकार नियन्त्रण गर्न युवालाई प्रशिक्षण



भरतपुर । मध्यवर्ती क्षेत्रका युवालाई संरक्षण सम्बन्धी प्रशिक्षण दिइएको छ । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको समुदायमा आधारित चोरी सिकार नियन्त्रण युवा जागरण अभियानमा आबद्ध युवालाई संरक्षणसम्बन्धी प्रशिक्षण दिइएको छ । चितवनको माडीमा आयोजित प्रशिक्षणमा ३० युवाको सहभागिता छ ।

तालिममा पाँच मध्यवर्ती क्षेत्र उपभोक्ता समितिअन्तर्गतका चोरी सिकार नियन्त्रण युवा जागरण अभियानमा आबद्ध युवाको सहभागिता रहेको चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले जानकारी दिए ।

उनले वन र वन्यजन्तु संरक्षणका लागि युवालाई सूचना सङ्कलन, जनचेतना, वन्यजन्तुको आनिबानीलगायतका विषयमा प्रशिक्षित गरिएको बताए । उनका अनुसार संरक्षणमा यसअघि प्रयोग भएका विधि र अबका दिनमा गर्नुपर्ने कामका विषयमा प्रशिक्षण दिइएको छ ।

तालिममा चितवन राष्ट्रिय निकुञ्जका चार समितिका २४ जना र पर्सा राष्ट्रिय निकुञ्जको एक समितिका छ जना सहभागी छन् । तालिम भोलीसम्म चल्नेछ । चोरी सिकार नियन्त्रण युवा जागरण अभियानमा चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा मात्रै झण्डै पाँच सय युवा सक्रिय छन् । सहभागीलाई सैद्धान्तिक कक्षासँगै प्रयोगात्मक प्रशिक्षण पनि प्रदान गरिएको भू-परिधी कार्यक्रम (ताल) का पूर्वी क्षेत्र संयोजक प्रेम पौडेलले जानकारी दिए ।

मानव वन्यजन्तुको द्वन्द्व न्यूनीकरण, मानिसको व्यवहार परिवर्तनका विषयमा पनि युवालाई जानकारी गराइएको छ । प्रशिक्षणमा सहभागी युवाले आफ्नो गाउँठाउँमा गएर त्यहाँका युवालाई प्रशिक्षण दिनेछन् । प्रभावित क्षेत्र, महिला समूह, सामुदायिक वन, युवालगायतका समाजमा रहेका हरेक नागरिकलाई प्रशिक्षण लिएका युवा आफूले सिकेको ज्ञान प्रदान गर्ने उनले बताए ।

चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, डब्लुडब्लुएफ र तराई भू-परिधी कार्यक्रम (ताल) र नेपाली सेनाका प्रतिनिधिले प्रशिक्षण दिएका छन । तराई भूपरिधी कार्यक्रम (ताल)ले चितवन राष्ट्रिय निकुञ्जसँगको समन्वयमा कार्यक्रमको आयोजना गरेको हो ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ७ : ५८ बजे

चौथो रुपन्देही खुला फुटसलमा पहिलो दिन १२ खेलहरु सम्पन्न

बुटवल । बुटवलमा चौथो रुपन्देही खुला फुटसल प्रतियोगिता २०८३ मा

बेनी-जोमसोम र बेनी-दरवाङ खण्डमा रात्रिकालीन सवारी सञ्चालन बन्द

म्याग्दी । जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा

ईक्यान रुपन्देही र नियोपोलीस युनिभर्सिटी पाफोस साइप्रसबीच अन्तरक्रिया सम्पन्न

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) रुपन्देहीको आयोजना तथा

संवैधानिक इजलासको छनौटपूर्ण गठन एवं तोक आदेशले मुद्दा तोक्ने निर्णय सच्याउन नेपाल बारको माग

काठमाडौं । नेपाल बार एशोसिएसनले संवैधानिक इजलासको छनोटपूर्ण गठन र

देशको अवस्था संवेदनशील छ, कांग्रेसले राष्ट्रिय एकता र लोकतन्त्र सुदृढ गर्न भूमिका खेल्नुपर्छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले देशको वर्तमान राजनीतिक