२९ भदौ २०८३, सोमबार | September 14, 2026

अक्सफोर्ड मा.वि बुटवलले उत्कृष्ट विद्यार्थीलाई नगद सहित सम्मान गर्दै प्रकाशन गर्याे परीक्षाफल



बुटवल . बुटवल उपमहनगरपालिका सुख्खानगरस्थित अक्सफोर्ड माध्यमिक विद्यालयले कक्षा ११ र १२ अन्तरगत त्रैमासिक परीक्षाकाे परीक्षाफल सार्वजनिक गर्दै उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई लाखाै रूपैयाँ बराबर प्रोत्साहनस्वरुप पुरस्कृत गरेको छ ।

प्रत्येक त्रैमासिक परीक्षाको नतिजा सार्वजनिक कार्यक्रममा अक्सफोर्डमा अध्ययनरत उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगद तथा तीन महिनाको छात्रवृत्तिसहित पुरस्कृत गर्ने गरेको विद्यालयका प्राचार्य दिनेश भुसालले बताए

कक्षा ११ र १२ परीक्षामा सम्मिलित परीक्षार्थीहरुमध्ये ३ दशमलव ६० जिपिएभन्दा माथि ल्याउने १६ जना विद्यार्थीलाई नगद १० हजार, ३ महिनाको मासिक शुल्कमा शतप्रतिशत छुट र ३ं दशमलव ४४ जिपिए भन्दामाथि ल्याउने २३ जना विद्यार्थीलाई नगद तीन हजार तथा ३ महिनाको मासिक शुल्कमा शतप्रतिशत छुटको साथमा सम्मान तथा पुरस्कृत गर्ने गरेको विद्यालयका प्राचार्य भुसालले बताए ।

उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई प्रोत्साहन मिलोस भनेर निरन्तर विद्यालयले सम्मान गर्दै आएको उल्लेख गर्दै प्राचार्य भुसालले प्रत्येक त्रैमासिक परीक्षामा विद्यार्थीलाई थप प्रोत्साहनका लागि सम्मान तथा पुरस्कृत गर्ने गरेको बताए । विद्यालयले गरेको उत्कृष्ट विद्यार्थी सम्मान कार्यले विद्यार्थीहरूमा प्रतिस्पर्धाको भावना जाग्नुका साथै पढ्नुपर्ने रहेछ भन्ने मानसिकता विद्यार्थीमा पर्ने गरेको प्राध्यापक सुमन भुसालले बताए ।

विद्यालयमा पढाइको अलवा विभिन्न खेलकुद तथा साहित्यका हरेक विद्याहरूमा विद्यार्थीहरू बिच प्रतिश्पर्धा हुने हुदा विद्यार्थीको रोजाई अक्सफोर्ड परेको हुँदा संस्कार सहितको शिक्षामा जोड दिँदै सैद्धान्तिक भन्दा प्रयोगात्मक शिक्षणमा आफूहरूले जोड दिँदै आएको कुरामा जोड दिए । केही वर्ष यता विद्यालयमा सिर्जनात्मक गतिविधिकाे कारण विद्यार्थीको चाप ह्वात्तै बढेको हुदा रिजल्टहरूमा पनि नेपालमै उत्कृष्ट हुन सफल भएको स्मरण गर्दै प्राध्यापक भुसालले अभिभावक , प्राध्यापक तथा कर्मचारीहरू धन्यवादका पात्र रहेको बताए ।

परीक्षाफल कार्यक्रम कक्षा ११ बाट स्विकृती गुप्ता ३.८५ जिपिए ल्याइ उत्कृष्ट बनेकी छन् । ३.४४ भन्दा माथि जिपिए ल्याउने ३९ जना विद्यार्थीका अभिभावक तथा विद्यार्थीहरूलाई माला ,खादा तथा नगद सहित सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त भण्डारी,अक्सफोर्ड क्याम्पसका अध्यक्ष अजित खनाल क्याम्पस प्रमुख मनाेज मरासिनी, प्राचार्य दिनेश भुसाल, प्राध्यापक सुमन भुसाल लगायतको उपस्थिति रहेको थियो ।

साथै परीक्षाफल सार्वजनिक कार्यक्रममा निबन्ध प्रतियाेगितामा प्रथम हुने करूणा गैरे, द्वितीय हुने दिविशा बलाल र तृतीय हुने तिर्सना शारूलाई नगद दुई हजार,पन्ध्र सय र एक हजार प्रदान गर्दै माला लगाएर सम्मान गरेकाे छ । साथसाथै आफ्नो कक्षाबाट शतप्रतिशत अभिभावक उपस्थित गराउने प्राध्यापकहरूलाई समेत सम्मान गरेकाे प्राध्यापक सुमन भुसालले बताए ।

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार  ७ : १५ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ