२ पुस २०८२, बुधबार | December 17, 2025

‘काठमाडौं वरपरका जिल्लाको विकास गर्ने समय आयो’



नुवाकोट । अर्थमन्त्री डा प्रकाशशरण महतले अब काठमाडौं वरिपरिका जिल्लाको विकासका लागि समय आएको बताएका छन ।

आज नुवाकोटको पञ्चकन्या गाउँपालिकास्थित कविलास स्वास्थ्य चौकीको उद्घाटन गर्दै मन्त्री महतले भने, “काठमाडौं बजार हो, नजिक छ, त्यहाँ खर्च गर्ने ठूलो जनसङ्ख्या पनि छ ।” “राजधानी काठमाडौंसँग जोडिएको नुवाकोट नजिक भएर पनि पछाडि परेको जिल्ला हो, टाढाका जिल्लाले आफूलाई तयार गर्नुपर्छ भनेर शिक्षाको चाँडै विकास भयो”, उनले भने, “त्यहाँका अगुवाले शिक्षामा लगानी गरे । लेखपढलाई प्राथमिकता दिए तर काठमाडौं वरिपरिको आम्दानीको मूल स्रोत जग्गा जमिन थियो ।”

अर्थमन्त्रीले भने, “काठमाडौंमा राणाहरूका नजिक जो थिए, तिनलाई रिझाएबापत पुरस्कारका रूपमा जमिन माग्थे । उब्जनी सहजै काठमाडौं पुर्याउन सकिने ठाउँमा उनीहरु जमिन माग्थे । काठमाडौंसँग जोडिएको उब्जाउ जमिन नुवाकोट हो । काठमाडौं बसेर नुवाकोटको जमिन उपभोग गर्नेहरू धेरै भए ।”

“काभ्रे, धादिङ र नुवाकोटका जनताले प्रशस्त उब्जनी गर्ने र ठूलो हिस्सा काठमाडौं पुर्याउने काममा केन्द्रित छन् । शिक्षाको विकास विशेषतः ०४६ पछि मात्र गति लिएको हो”, उनले भने, “काठमाडौंको नजिक र शासकको नजरमा परेर हिजो नुवाकोटका जनता रैती बनेका थिए ।” अब काठमाडौंबाट नुवाकोटलाई अझ नजिक बनाउनुपर्छ । काठमाडौं-छहरे सुरुङमार्गको काम हामीले गरिरहेका छौँ । रु एक अर्ब बजेट पनि राखेका छौँ, सुरुङमार्ग जटिल काम हो । यसका लागि तयारी सबैभन्दा महत्त्वपूर्ण हुन्छ, तयारी सकिएपछि मात्र काम अघि बढ्छ । तर तयारीको काम देखिँदैन ।”

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार  ९ : ०० बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका