२ पुस २०८२, बुधबार | December 17, 2025

वर्तमान सरकार चीनको सहयोग लिन डराउँछ : एमाले अध्यक्ष ओली



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार चीनसँग सहयोग लिन डराउने गरेको बताएका छन् । झुलाघाट-चिवाभञ्ज्याङ यात्राका क्रममा सोमबार ओलीले दैलेखमा आठ राजनीतिक दलले बुझाएको ध्यानाकर्षणपत्र बुझ्दै यस्तो बताएका हुन् ।

उनले चीनले कुनै पनि विषयमा नेपाललाई सहयोग गर्ने भनिरहेको उल्लेख गरे । तर, अर्को शक्तिका कारण वर्तमान सरकार सहयोग लिनबाट डराउने गरेको उनको भनाइ छ ।

“अहिलेको सरकारले चीनको सहयोग लिन सक्दैन, किनभने डराउँछ,” उनले भने, “चीनसँग डराएको होइन, अरू कोकोसँग कहाँकहाँ डराउँछ ।”

उनले राजनीतिक दलले अब विकासका निम्ति राजनीति गर्नुपर्ने बताए । आफ्नो मुलुकको विकास आफैँले गर्नुपर्ने भएकाले तत्काल त्यसका निम्ति काम थाल्न उनले नेता-कार्यकर्ता निर्देशन दिए ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  १२ : ५८ बजे

३ बजे सम्ममा ६५० मत खस्यो, राति १० बजे मतदान सकिने अनुमान

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व