२० मंसिर २०८२, शनिबार | December 6, 2025

सुन तस्करी प्रकरण : उच्चस्तरीय छानबिन समितिले राहुल महरालाई बयानका लागि बोलायो



काठमाडौं । सुन तस्करी प्रकरणको छानबिनका लागि सरकारले गठन गरेको उच्चस्तरीय समितिले प्रकरणका आरोपी राहुल महरालाई बयानका लागि बोलाएको छ ।
विद्युतीय चुरोट भेपमा लुकाएर गरिएको ९ किलो सुन तस्करी प्रकरणमा मुछिएका महरालाई उच्चस्तरीय समितिले बयान लिन बोलाएको हो ।

पूर्वसभामुख कृष्णबहादुर महराका कान्छा छोरा राहुल अहिले पुर्पक्षका लागि थुनामा छन् ।
छानबिन समितिले उनलाई बयान दिन उपस्थित गराइदिन मंगलबार सुन्धरास्थित केन्द्रीय कारागारलाई पत्राचार गरेको थियो । आज कारागार प्रशासनले उनलाई सिंहदरबारस्थित उच्चस्तरीय छानबिन समितिको कार्यालयमा उपस्थित गराउन लागेको छ । राहुलसँगै तस्करीमा संलग्न भनिएका अन्य प्रतिवादीहरूको पनि बयान लिने काम भइरहेको छ।

राहुललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भदौ १३ गते पक्राउ गरेको थियो।

 

 

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  १२ : २७ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल