७ श्रावण २०८३, बिहिबार | July 23, 2026

नेपालगन्जमा रातो प्लेटमा सवारी बोक्ने १३२ इ-रिक्सा प्रहरी नियन्त्रणमा



नेपालगन्ज । नेपालगन्जमा ई-रिक्सा ब्यवस्थापनको कार्यलाई कडाई गरिएको छ । उपमाहानगरपालिकाले पहिलो पटक दिएको म्याद (मंसिर १५) सकिएसँगै प्रशासनले रातो नम्बर प्लेटका इ-रिक्सा धमाधम नियन्त्रणमा लिन थालेको हो ।

रातो नम्बर प्लेट टाँसेर सवारी बोक्ने १३२ इ-रिक्सा नियन्त्रणमा लिइएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए । उनले नियन्त्रणमा लिइएको इ-रिक्साहरुलाई कालो नमबर प्लेट लिन प्रोत्साहन गरिएको जनाए । सरकारी अभिलेखमा दर्ता नगरि आफु खुसी कालो प्लेट टाँसेर सवारी बोकिरहेका इरिक्सालाई पनि प्रशासनले नियन्त्रण लिएको उनले बताए । नियन्त्रणमा रहेका इ-रिक्साहरुलाई भाडाको सवारी (कालो प्लेट) बनाउन प्रोत्साहन गरिएको जानकारी दिए । प्रमाण र प्रकृया पूरा भएकाहरुले उप(महानगरमा सम्पर्क गर्न पनि प्रजिअ पोखरेलले आग्रह गरेका छन् ।

नेपालगन्ज उपमहानगरले मंसिर २३ गतेदेखि नगरक्षेत्रमा रातो नम्बर प्लेट भएका इ-रिक्साहरु चल्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र यात्रु बोक्ने धेरैजसो इ-रिक्साहरु रातो नम्बर प्लेटमा चलिरहेको सन्दर्भमा यसअघि कार्तिक २४ गते बसेको बैठकले २१ दिने सूचना प्रकाशन गरेर रातोलाई कालो नम्बर प्लेट बनाउन मंसिर १५ गते दिने निर्णय गरेको थियो । मंसिर २३ गतेदेखि भने रातो नम्बर प्लेटलाई यात्रु बोकेर गुड्न नदिने निर्णय गरिएको नगर प्रमुख प्रशान्त विष्टले जानकारी दिए ।

नीति/नियम र प्रक्रिया विपरीत गुडिरहेका रातो नम्बर प्लेटका ९३ वटा यात्रुबहाक इ-रिक्सालाई जिल्ला प्रशासन कार्यालय बाँके र ३९ वटा इ-रिक्सालाई नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालामा ‘होल्ड’ गरेर राखिएको उपमहानगर प्रमुख  विष्टले बताए । यातायात कार्यालयबाट कालो नम्बर प्लेट नबनाउँदासम्म ती इ-रिक्सालाई गुड्न नदिइने उनले बताए ।

अटेर गरेर रातो नम्बर प्लेटका इ-रिक्सामा यात्रु बोके त्यस्ता इरिक्सालाई जिल्ला प्रशासन कार्यालय, प्रहरी ब्यायामशाला धम्बोझी र विधि विज्ञान प्रयोगशाला गणेशमान चोकमा होल्डिंग गरेर राखिने जनाइएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ४ : ०२ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क