२६ बैशाख २०८१, बुधबार | May 8, 2024

आहा क्या मज्जा ! विदेशमै बसेर टेलिकमका प्रिपेड पोस्टपेड सिममा ब्यालेन्स थप्न सकिने



काठमाडौं । नेपाल टेलिकमका जीएसएम प्रिपेड तथा पोस्टपेड सेवामा विदेशबाट समेत व्यालेन्स थप गर्न सकिने सेवा रहेको छ । सिमकार्डमा थप गरिएको रकम अनुसार प्रयोग गर्न सकिने समायावधि समेत थपिँदै जाने टेलिकमले जनाएको छ ।

विदेशमा रहेका टेलिकमका ग्राहकले विभिन्न भुक्तानी सेवा प्रदायकमार्फत विदेशबाटै टपअप गरी गरी सिम प्रयोग गर्न सकिने अवधि थप गर्न सकिने टेलिकमले जनाएको छ ।

नेपाल टेलिकमका अनुसार यसरी अवधि थप गर्दै राखिएका सिमकार्ड स्वदेशमा फर्किने वित्तिकै सहजै प्रयोग गर्न सकिन्छ । टेलिकमले बिहीबार सिमकार्ड प्रयोग विधिबारे थप जानकारी गराएको छ ।

प्रिपेड सिमकार्ड
कम्पनीले उपलब्ध गराउने नयाँ प्रिपेड सिमकार्ड प्राप्त भएपश्चात सेवा शुरु गर्न १४१५ मा डायल गरी वा *1414# मा डायल गरी विकल्पहरु छनौट गर्नुपर्दछ । नयाँ सिमको सेवा प्रयोग गर्न सकिने अवधि १८० दिन हुने भएकाले सेवा शुरु गरेपश्चात् सो अवधिसम्म Top Up नगरेपनि उक्त सिमकार्ड प्रयोग गर्न सकिन्छ ।

प्रिपेड सिमकार्डमा रु. ५० Top Up गर्दा ३० दिन, रु. १०० Top Up गर्दा ६० दिन, रु. ५०० Top Up गर्दा एक वर्ष र रु. १००० Top Up गर्दा अधिकतम दुई वर्ष सिम प्रयोग गर्न सकिने अवधि थपिन्छ ।

न्यूनतम रकम (अर्थात् एक पैसा पनि बाँकी) नभएको वा सिम प्रयोग अवधि समाप्त भएको अवस्थामा प्रिपेड सिमकार्ड तत्काल एकतर्फी (आगमन मात्र हुने, बाह्यगमन नहुने) हुन्छ । सेवा एकतर्फी मात्र भएको ३० दिनभित्र उक्त सिमकार्ड Top Up गरिएन भने दुईतर्फी (आगमन र बाह्यगमन) सेवा पूरै बन्द हुन्छ । दुईतर्फी सेवा बन्द भएको ३० दिनभित्र रिचार्ज नभएमा सिम Frozen अवस्थामा पुग्छ । Frozen अवस्थामा पुगेपछि उक्त सिममा रहेको सञ्चित रकम र सिम प्रयोग गर्ने अवधि दुवै शून्य हुन्छ ।

कुनै सिमकार्डमा सञ्चित रकम भएतापनि सिम प्रयोग गर्न सकिने अवधि समाप्त भएमा उक्त सिमकार्ड दुईतर्फी सेवा बन्द हुने अवस्थामा पुग्छ । यसरी दुईतर्फी सेवा बन्द भएको सिमकार्ड ३० दिनभित्र Top Up गरिएमा Top Up गरिएको रकममा पुरानो सञ्चित रकम जोडिएर आउँछ । तर सिम प्रयोग गर्न सकिने अवधि भने नयाँ Top Up गरिएको रकम अनुसार मात्र थप हुन्छ । कुनै सिम कार्ड Frozen मा गएपछि कम्पनीले आवश्यकता अनुसार कुनैपनि समयमा Recycle गरी नयाँ ग्राहकलाई उपलब्ध गराउन सक्दछ ।

पोस्टपेड सिमकार्ड
सेवा प्रयोग गरेवापत ग्राहकले कम्पनीलाई बुझाउन बाँकी रकम (Due Amount) उक्त मोबाइलको Credit Limit भन्दा बढी भएमा सेवा एकतर्फी (आगमन मात्र हुने, बाह्यगमन नहुने) हुन्छ । यस्तो एकतर्फी सेवा ९० दिनसम्म रहन सक्दछ र सिम एकतर्फी भएको अर्को महिनादेखि बिल उठ्दैन ।

नब्बे दिनसम्म पनि Due Amount भुक्तानी गरिएन भने दुईतर्फी (आगमन र बाह्यगमन) सेवा बन्द हुन्छ र सिम Frozen मा जान्छ । Frozen मा रहेको ९० दिनभित्रमै सेवा सुचारु गर्न बाँकी महशुल भुक्तानी गरी नजिकको दुरसञ्चार कार्यालयमा गई (वा फोन/इमेलमार्फत) जानकारी गराउनु पर्छ । उक्त ९० दिनभित्र भुक्तानी नगरेमा सिम स्थायी रुपमा बन्द (Terminate) हुन्छ ।

ग्राहकको सिम Terminate अवस्थामा पुगेपछि ग्राहकले सोही सिम प्राप्त गरी प्रयोग गर्न चाहेमा १८० दिनभित्र रु. ५६० Reconnectin Fee भुक्तानी गरी सोही सिम नम्बर प्राप्त गर्न सकिन्छ । सिम Terminate भएको १८० दिन पश्चात कम्पनीले सिम Recycle गर्नसक्ने भएकाले अन्य साधारण सिम सरह नै कुनै पनि ग्राहकलाई नियमानुसारको रकममा उक्त सिम बिक्री/वितरण गर्न सक्दछ ।

विदेशबाट Top Up गरी सेवा प्रयोग गर्न सकिने अवधि थप गर्ने
विदेश जाँदा सँगै लगेको Prepaid/Postpaid SIM Online Banking, भुक्तानी सेवा प्रदायकमार्फत विदेशबाटै Top Up गरी सिम प्रयोग गर्न सकिने अवधि थप गर्न सकिन्छ । यसरी अवधि थप गर्दै Active अवस्थामा राखिएका सिमकार्ड स्वदेश आउनासाथ सहज रुपमा प्रयोगमा ल्याउन सकिन्छ ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहिबार  ५ : २१ बजे

राष्ट्रपतिका आर्थिक विज्ञ डा नेपालद्वारा स्पष्टोक्ति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा चिरञ्जीवी नेपालले

भृकुटीमण्डपको खुला (हङकङ)बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले

China’s Xi welcomed with ‘respect and love’ in Serbia

Serbia’s President Aleksandar Vucic reaffirmed his strong support for China’s

कार्यकर्तालाई इमान्दार बन्न एमाले अध्यक्ष ओलीको आग्रह

कपिलवस्तु । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले